काठमाडौं ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को महामारीको बीचमा यसपालीको दशैँ सुरु भइसकेको छ । विगतका वर्षहरूमा निकै भिडभाड र रमाइलो देखिने दशैँमा यो वर्ष खासै उत्साह देखिएको छैन । बजारमा भिडभाड पनि छैन, चहलपहल खासै छैन ।
यसले गर्दा व्यवसायीहरूमा भने निराश छाएको छ । विगतमा त्यति लामो समय लकडाउनका कारण बन्द भएको व्यापार व्यवसाय र त्यसबाट भएको आर्थिक क्षतिलाई केही हदसम्म भए पनि रिकभर गर्ने योजना अधिकांश व्यापारीहरूको रहेको थियो । तर बजारको अवस्था र चहलपहल हेर्दा कुुनै पनि व्यवसायीहरूको व्यापार सन्तोषजनक देखिएको छैन, काठमाडौँको माछापोखरीमा बुुटिक व्यवसाय सञ्चालन गर्दै आएकी इन्ता श्रेष्ठ भन्छिन् । इन्ता अटाएरको नामबाट बुुटिक व्यवसाय सञ्चालन गर्दै आएकी श्रेष्ठको अनुभवमा विगतको वर्षहरूको तुुलनामा अहिले व्यापार निकै नै कम छ । तर त्यसको मतलव आत्तिहाल्नुु पर्ने अवस्था छैन, समय परिस्थिति नै फरक भएको अवस्थामा जे–जतिको व्यापार हुन्छ, त्यसमा नै सन्तोष मान्नुु पर्छ, उनी भन्छिन् ।
आफ्नो पसलमा विगतमा धेरै ग्राहक आउने गरेको अनुुभव सुनाउने श्रेष्ठ भन्छिन्, ग्राहकहरू अहिले पनि आउनुु हुन्छ, १० जना ग्राहक पसलमा छिर्नुुभयो भने आठ जनाले सामान लानुु हुन्छ, कोभिड १९ ले गर्दा ग्राहक, व्यवसायी सबै नै पीडित रहेका छन् । यो अवस्था व्यापार गरेर नाफा कमाउँछुु भन्नुुभन्दा पनि आफ्ना ग्राहकलाई नियमित सेवा दिएर टिक्नु नै ठूलो कुरा हो, उनी भन्छिन् । आफ्नो पसलमा डिजाइनर कुुर्ता, लेहेंगा, गाउनलगायतका सामानहरू रहेको र उचित मूल्यमा उच्च गुणस्तरको सामान दिएकै कारण यो महामारीको बीचमा पनि हाम्रा धेरै ग्राहकहरू सामान लिनको लागि हामीकहाँ नै आउनुु हुन्छ, यो हाम्रो लागि पनि खुुसीको कुरा हो, श्रेष्ठ भन्छिन् । अहिलेको समयमा सबैको व्यापार एकनासको छैन, तर पनि सन्तोष मानेर निरन्तरता दिनुुपर्ने उनको भनाइ छ ।
श्रेष्ठको जस्तै अनुुभव काठमाडौँको चावहिलमा कस्मेटिक्स पसल सञ्चालन गर्दै आएका प्रफुल्ल मास्केको पनि रहेको छ । कस्मेटिक्स पसल भए पनि मास्क, स्यानिटाइजरलगायतका वस्तुु समेत बिक्री गर्दै आएका मास्के भन्छन, अहिलेको समयमा नाफा कमाउनेभन्दा पनि कम नाफा लिएर व्यवसायमा टिक्ने हो । दशैँको समय भए पनि बजारमा त्यति उत्साह नभएको बताउने मास्के अहिलेको अवस्थामा जोकोही व्यवसायीले पनि जति व्यापार हुन्छ त्यसमा नै चित्त बुझाउनुपर्ने धारणा व्यक्त गर्छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया