दिपक बोहोरा
तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिकाको विकट क्षेत्रमध्येको वडा हो, तुलसीपुर–१३ । यसलाई ‘तुई दाङ’ भनेर पनि चिनिन्छ । तुई दाङलाई जिल्लाको अर्को उपत्यकाका रूपमा पनि लिइन्छ । देख्दा सुन्दर देखिन्छ ।
नामै काफी छ ‘फूलबारी’ । चारैतिर चुरे पहाड अनी बीचमा बसेका सुन्दर बस्तीहरू । देख्ने जति सबैलाई मन लोभ्याउने ठाउँ हो ‘फूलबारी । समग्र दाङको झल्को दिने भौगोलिक अवस्था भएकाले पनि यसलाई तुई (सानो) दाङले चिनिन्छ । घोराही उपमहानगरपालिका, लमही नगरपालिकासँग सिमाना पर्छ । दाङका तीनवटै सहर (तुलसीपुर, घोराही र लमही) को बीच केन्द्र पनि पर्छ । बजारकै केन्द्र पर्ने भएकाले धेरैजनाको गन्तव्य बन्ने गर्छ । देख्दा सबैले वयान गर्ने त्यो ठाउँको वास्तविक व्यथा भने फरक छ ।
उपमहानगरपालिकाको एउटा वडा भए पनि सडक सञ्जालका हिसाबले निकै नाजुक रहेको स्थानीय दीपशिखा घर्तीको भनाइ छ । ट्र्याक खोलिएको छ तर त्यसको स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन । नाम फूलबारी छ, तर सिँचाइको उचित व्यवस्थापन नहुँदा फूलबारीमा फूलहरू नै फुल्न छाडेका छन् । यहाँका नागरिकले सिँचाइ सुविधा माग्न थालेको धेरे भयो तर पनि अझै सम्बोधन हुन सकेको उनको गुनासो छ । केही ठाउँमा स्यालो ट्युबेल जोडिएको भए पनि ती ट्युबेलमा पनि पानी आउन छोडेको उनको भनाइ छ । सिँचाइ नहुँदा हजारौं बिघा जग्गा बाँझो राख्नुपर्ने अवस्था रहेको छ ।
आकासे पानीको भरमा खेती गर्नुपर्ने त्यहाँका नागरिकको बाध्यता छ । फूलबारीको उत्पादनले वर्षमा तीन महिना मात्रै खाना पुग्ने र बाँकी नौ महिनासम्म कसरी दैनिकी चलाउने भन्ने चिन्ता रहने गरेको अर्का स्थानीय मोहन पौडेलले बताए । ‘अहिले युवाहरू गाउँमा छैनन् । युवाहरू सबै कमाउन कोही भारततिर त कोही तेस्रो मुलुकमा गएका छन्’, उनले भने, ‘जेष्ठ नागरिक र महिलाले नै गाउँ धानेका छन् ।
जागिरे तथा आम्दानीको अन्य स्रोत भएकाहरू मात्रै त्यहाँ बस्ने गरेका छन् ।’ विकास निर्माणले पछाडि पर्दा त्यहाँका नागरिकको स्तर पनि वृद्धि हुन सकेको छैन । गाउँको विकासमा खटिनुपर्ने युवाहरू अहिले भएको जग्गा पनि बाँझो राखेर विदेशमा पसिना बनाउनुपर्ने बाध्यता रहेको स्थानीय जुद्धबहादुर केसीले बताए ।
‘फूलबारीबाट तुलसीपुर बजार पुग्न बीच–बीचमा धेरै खोलाहरू तर्नुपर्छ । अन्य समयमा त सहज नै हुन्छ, तर वर्षात्को समयमा ‘फलामका च्यूरा’ चपाएसरह हुन्छ’, उनले भने, ‘ठाउँ–ठाउँमा खोलाहरू छन् तर ती खोलामा पुल बन्न सकेका छैनन् । केही खोलामा बन्ने प्रक्रियामा छन् भने केहीमा पुल कहिले बन्छ निश्चित छैन ।’ कोही बिरामी प¥यो भने पनि समयमै स्वास्थ्य संस्था पु-याउन समस्या हुने गरेको उनको भनाइ छ ।
फूलबारीमा खानेपानीको पनि त्यतिकै समस्या छ । अहिले केहीले कुवाको पानी प्रयोग गर्छन् भने केहीले खाला खोस्रेर पानीको जोहो गर्ने गरेको केसीले बताए । त्यहाँ सञ्चारको पनि समस्या छ । कुनै पनि फोनले राम्रोसँग काम नगर्ने स्थानीय भरत पौडेलले बताए । ‘यहाँका बासिन्दा फोनको टावर खोज्दै डाँडाकाँडा धाउनुपर्ने समस्या भने छिटै समाधान हुँदै छ’, उनले भने, ‘फूलबारीमा टेलिकमको टावर निर्माण भएको छ । काम लगभग अन्तिम चरणमा पुगेको छ, केही समयमा सञ्चालनमा आउने तयारी रहेको छ ।’
विकट क्षेत्र भएकाले सांसद कोमल वलीले फूलबारीको विकासमा चासो देखाएकी छिन् । उनले फूलबारीका विभिन्न क्षेत्रमा पुगेर त्यहाँको समस्या बुझेको बताइन् । उनले वडाको सिँचाइ, सडक, कृषि, स्वास्थ्य, सञ्चार, विद्युत्लगायत विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर पहल थाल्ने जानकारी दिइन् । ‘फूलबारीलाई साँच्चीकै फूलबारी बनाउनु पर्छ’, उनले भनिन् । गाउँ–गाउँमा विकास गर्नका लागि मुलुकलाई संघीयतामा लगिएको भन्दै विकटका आवाजलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले बताइन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया