वैतेश्वर गाउँपालिकाद्वारा तीन किलोमिटर पक्की सडक निर्माण
सुबास बस्नेत
दोलखा ।
वैतेश्वर गाउँपालिकाले आफ्नै लगानीमा तीन किलोमिटर सडक कालोपत्रे र ढलान गरेको छ । जिल्लामा केन्द र प्रदेशस्तरका सडक योजनाहरू अलपत्र परेका बेला वैतेश्वरले भने आफ्नै लगानीमा सडक कालोपत्रे र कालोपत्रे गर्न नमिल्ले ठाँउमा ढलान गर्न सुरु गरेको हो ।
गाउँपालिकाले पूरै पालिका समेटिने गरी तीन स्थानबाट सडक कालोपत्रे र ढलान गर्ने कार्यको थालनी गरेको छ । वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाका अनुसार वैतेश्वर गाउँपालिकाले गोपी खोला–जोरमाने सडक १३ सय मिटर, बुस्ती–पुतलीकाठ मिर्गे १२ सय मिटर कालोपत्रे गरेको छ । यस वर्ष यी दुवै सडक थप पिच गर्न दुई÷दुई करोड बजेट विनियोजन गरेको छ ।
उक्त सडक थप ढलान गर्नको लागि पनि चालू आवमा दुई करोड रूपैयाँ छुट्याएको गाउँपालिका उपाध्यक्ष रबिचन्द्र आचार्यले जानकारी दिए । दोलखाको अन्न र तरकारीको भण्डारको रूपमा परिचित वैतेश्वर गाउँपालिकाका कृषकहरूले चामल, गहुँ, मकै, आलु, प्याज, लसुन फर्सी सागपातहरू दैनिकहरू सवारीका साधानहरूबाट पिच सडकको उपयोग गरी तामाकोसी बजार र सदरमुकाम चरीकोटमा ल्याएर बिक्री गर्न थालेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया