एक्सनएड नेपालले स्वास्थ्य मन्त्रालयलाई दियो १ करोड ६२ लाखको पीपीई
काठमाडौं ।
एक्सनएड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ करोड ६२ लाख रुपैयाँबराबरको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ । कोरोना संक्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि एक्सनएड नेपालले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नौ हजार चार सय ५७ थान पीपीई हस्तान्तरण गरेको हो । मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले १ करोड ६२ लाख ४३ हजार तीन सय ४३ रुपैयाँबराबरको सामग्री हस्तान्तरण गरिन् ।
कार्यक्रममा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना संक्रमणको दर बढिरहेको बेलामा प्रदान गरिएको सामग्रीले कोरोना संक्रमित पहिचान तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘यी सामग्रीहरुलाई मन्त्रालयले आवश्यकता रहेका ठाउँमा पठाउनेछ’, सचिव अर्यालले भने, ‘अहिलेको परिवेशमा स्वास्थ्यकर्मीलाई आफू जोगिएर कोरोना संक्रमणबाट अरुलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’
यसैगरी कार्यक्रममा समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पदमप्रसाद खतिवडाले गैरसरकारी संस्थाहरुलाई कोभिड लक्षित कार्यक्रमहरु बनाउनको लागि अनुरोध गरिएको स्मरण गर्दै एक्सनएडले सोहीअनुसार सामग्री हस्तान्तरण गरेको बताए । उपाध्यक्ष डा. खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सामग्री हस्तान्तरण गरिएकाले आवश्यकता भएका स्वास्थ्यकर्मीले सामग्री प्राप्त गरी कोरोनाविरुद्धको अभियानमा सहयोग पुग्ने बताए ।
एक्सनएड नेपालले विश्वभर फैलिएको कोभिड–१९ महामारी तथा यसको असरबाट गरिब तथा सीमान्तकृत समुदायलाई बचाउनका लागि सचेतना अभिवृद्धिका साथै रोकथाम, राहत वितरण तथा सुरक्षा सामग्री वितरणलगायत अन्य सामाजिक तथा आर्थिक विकासका कार्यहरु गर्दै आइरहेकोे जनाएको छ ।
सस्थाले एचबीसीसी, डीएफआईडी, युनिलिभर र स्ट्याण्डर्ड चार्टर्ड बैंकसँगको सहकार्यमा काठमाडौं उपत्यका, बर्दिया, डोटी, बाजुरा, सिरहा र नेपालका अन्य जिल्लाहरुमा कोभिड–१९ संक्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि हस्तान्तरण गरेको हो । उक्त व्यक्तिगत सुरक्षा सामग्रीहरुमध्ये चार हजार थान मन्त्रालयले आवश्यकताअनुसार वितरण गर्ने र बाँकी रहेको पाँच हजार चार सय ५७ थान संस्थाले काम गरिरहेको काठमाडौं, ललितपुर, भक्तपुर, बर्दिया, बाजुरा, डोटी र सिरहा जिल्लामा रहेका साझेदार संस्था तथा स्थानीय पालिकामार्फत स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई वितरण गरिने बताइएको छ ।
एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले व्यक्तिगत सुरक्षा सामग्रीले स्वास्थ्यकर्मीहरुलाई सुरक्षित रुपमा सेवा दिनका लागि सहयोग पुग्ने बताइन् । एक्सनएड नेपालले कोरोना संक्रमण रोकथामका लागि सचेतना अभिवृद्धि, खाद्य तथा राहत सहयोग, कोभिड रोकथाम किट वितरणमार्फत पाँच लाखभन्दा बढी जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया