उदयपुरमा कोभिड अस्पतालको नयाँ भवन निर्माण
गाईघाट ।
आगामी दिनमा कोभिड–१९ सङ्क्रमणको स्थायी रूपमा उपचार सेवा प्रदान गर्नका लागि उदयपुरमा पहिलोपटक दुई करोड ६८ लाख लागतमा नयाँ अस्पताल भवन निर्माण गरिएको छ । चौदण्डी नगरपालिकाको सातधारे बेल्टारमा पहिलोपटक उदयपुरका आठ स्थानीय तहको संयुक्त लगानीमा ४० शय्या क्षमता भएको नयाँ अस्पताल भवनको निर्माण गरिएको कोभिड अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताए । उनका अनुसार बेल्टारस्थित सातधारे सशस्त्र प्रहरी क्याम्प जङ्गलको सरकारी जग्गाकोे चार बिघा क्षेत्रफल परिसरमा पहिलोपटक ४० शय्याको नयाँ कोभिड उपचार अस्पताल भवनको निर्माण भएको हो ।
नयाँ भवनको निर्माणकार्य अन्तिम चरणमा पुगेको र अब ‘फिनिसिङ’ मात्र बाँकी रहेको तथा यही कात्तिकभित्र बाँकी काम सम्पन्न गरेर मंसिरको पहिलो हप्ता औपचारिक उद्घाटन गरेर नयाँ अस्पताल भवनमा कोभिड अस्पताल पुनः सञ्चालन गर्न लागिएको प्रमुख राईले बताए । उक्त कोभिड अस्पताल निर्माणका लागि उदयपुरका आठ स्थानीय तहमध्ये कटारी, त्रियुगा, चौदण्डी र बेलका नगरपालिकाले १५ लाखका दरले ६० लाख बजेट व्यवस्थापन गरेका थिए भने रौतामाई, उदयपुरगढी ताप्ली, लिम्चुङबुङ गाउँपालिकाले १० लाखका दरले ४० लाख गरेर आठ स्थानीय तहहरूले एक करोड बजेट व्यवस्थापन गरेको हो ।
यस्तै स्विस सरकारबाट एक करोड ५० लाख र उदयपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काबाट २५ लाख बजेटसहित दुई करोड ६८ लाखको बजेटमा नयाँ कोभिड अस्पताल भवनको निर्माण गरिएको कोभिड अस्पताल व्यवस्थापन समितिका अर्का सदस्य तथा त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले बताए ।
नयाँ भवन पुनः सञ्चलान भएपछि एक भेन्टिलेटरसहितको आईसीयू सेवासमेत पुनः सञ्चालन गर्ने योजनाका साथ अहिले अस्पताल व्यवस्थापन समितिले काम गरिरहेको पनि चौधरीले बताए । आगामी दिनमा जिल्लावासीलगायत नागरिकलाई कोभिडसम्बन्धी जस्तोसुकै सेवा भए पनि नयाँ अस्पताल भवनबाट नै सेवा प्रदान गर्ने लक्ष्यका साथ नयाँ भवन निर्माण गरेर पुनः सञ्चालन गर्न लागिएको व्यवस्थापन समितिका संयोजक राईले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया