कोभिड–१९ विरुद्ध नागरिक अभियानको शुभारम्भ
काठमाडौं ।
कोभिड–१९ को महामारीको प्रकोप बढिरहेकोले यसलाई न्यूनीकरण गर्नका लागि जनसमुदायमा सुरक्षाका मापदण्ड पालना गर्न प्रेरित गर्ने उद्देश्यले कोभिड–१९ विरुद्ध नागरिक अभियान सुरु गरिएको छ । अभियानको बुधबार आयोजित एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो । अभियानको शुभारम्भ गर्दै नागार्जुन नगरपालिका नगरप्रमुख मोहन बहादुर बस्नेतले सरकारले महामारीलाई गम्भीरतापूर्वक लिएको बताउँदै स्थानीय स्रोत साधनले भ्याएसम्म जनतालाई अधिकतम सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे । राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुश कुमार जोशीले विश्वव्यापी महामारीबाट मुलुकले व्यहोरिरहेको अकल्पनीय परिस्थितिबाट निजी क्षेत्र अत्यन्त गम्भीर भएको र न्यूनीकरण र रोकथामका लागि सक्रिय भएर लागिएको बताए ।
महामारी रोकथामको लागि सबै पक्ष उत्तिकै जिम्मेवार एवं संवेदनशील भई अघि बढनुपर्नेमा जोड दिए । निर्धारित स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णपालना गरी व्यावसायिक क्रियाकलाप अगाडि बढाउन सम्पूर्ण व्यावसायिक क्षेत्रलाई आग्रह गर्दै उनले आम सर्वसाधारणलाई समेत यसको पूर्ण पालनामा ध्यान दिन जोड दिए । कार्यक्रममा पिपुल्स हेल्थ मुभमेन्ट नेपालका संयोजक प्राडा शरद वन्तले मुलुकमा थप भयावह अवस्था आउन नदिन सरोकारवाला सवैको सहयोग र सहकार्यको अपरिहार्यतामा जोड दिँदै आमनागरिक समेत सुसूचित हुन आग्रह गरे ।
त्यसैगरी नेपाल जनस्वास्थ्य संघका अध्यक्ष श्रीकृष्ण भट्टले जनसाधारणलाई कोभिड १९ रोकथामका लागि सुरक्षा मापदण्डलाई दिगो र प्रभावकारी रुपमा लागू गर्न यस किसिमको महत्वपूर्ण कार्यको थालनी गरिएको बताए । स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरु परिचालन गरी उपत्यकाका प्रमुख व्यापारिक केन्द्रहरु तथा प्रमुख बजार र क्रमशः यातायात क्षेत्र र अन्य व्यस्त कार्यालयहरुमा चरणबद्ध रुपमा सञ्चालन गरिने यस अभियान राष्ट्रिय व्यावसायिक पहलको सहकार्यमा नेपाल जनस्वास्थ्य संघ, नेपाल चिकित्सक संघ तथा पिपुल्स हेल्थ मुभमेन्ट नेपालको समन्वयमा सञ्चालन गर्न लागिएको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया