मोरङ व्यापार संघको कार्यकारिणी सदस्यमा वन्दना जैन मनोनीत
काठमाडौं ।
मोरङ व्यापार संघको कार्यसमितिको सदस्यमा वर्धमान इण्डष्ट्रिज, विराटनगरकी सञ्चालिका वन्दना जैन मनोनीत भएकी छिन् । संघका अध्यक्ष प्रकाश मुन्दडाले संघको नियमावलीको दफा १६.१ (ङ) को व्यवस्थाअनुरुप जैनलाई संघको कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् ।
उद्यमशीलता क्षेत्रमा महिलाको सक्षमता र पहुँचको कदर हुनुपर्ने मान्यता र महिला उद्यमीहरुलाई समेत यथोचित स्थान दिई प्रोत्साहन गर्नुपर्ने अध्यक्ष मुन्दडाले बताए । जैन स्नातकोत्तर क्याम्पस, विराटनगरकी उपप्राध्यापक समेत हुन् । संघको उद्देश्य प्राप्त गर्न महिला उद्यमीको भूमिका समेत महत्वपूर्ण रहेको अध्यक्ष मुन्दडाले बताए ।
अध्यक्ष मुन्दडाले नेतृत्व गरिरहेको संघको ३२औँ कार्यसमितिमा जैनको मनोनयनले संघको इतिहासमै पहिलोपटक कार्यसमिति सदस्यको रुपमा महिला उद्यमीको नियुक्त गरिएको रेकर्ड समेत कायम गरेको छ । साथै, अध्यक्ष मुन्दडाबाट कार्यसमिति सदस्यको रुपमा महिला उद्यमीको चयनले उद्यमशीलता क्षेत्रमा लैंगिक समावेशिताको महत्वलाई समेत उदाहरणको रुपमा झल्काएको छ । यसअघि अध्यक्ष मुन्दडाले उद्योगी श्याम राठीलाई संघको कार्यसमिति सदस्यमा मनोनयन गरेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया