काँगेल र महाकुलुङ विमानस्थल सञ्चालन हुँदै
महेन्द्र शाही
सोलुखुम्बु ।
सोलुखुम्बु जिल्लामा बन्द रहेको काँगेल विमानस्थल र निर्माणको क्रममा रहेको महाकुलुङ विमानस्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थलगत निरीक्षण गर्ने भएका छन् । मन्त्री भट्टराईसहितको टोलीले शुक्रबार दुवै विमानस्थलको निरीक्षण गर्ने जनाइएको छ ।
विगत केही समय सञ्चालन भएको जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर २ मा रहेको काङ्गेल विमानस्थल हाल बन्द रहेको छ भने महाकुलुङ गाउँपालिकाको गुदेलमा महाकुलुङ विमानस्थल निर्माणको प्रक्रियामा रहेको छ । अहिले काँगेल डाँडा विमानस्थल घाँसे मैदानमा परिणत भएको छ । यो विमास्थलमा अहिले उडान हुनसकेको छैनन् । सोलुखुम्बु जिल्ला नेपालमा सबैभन्दा बढी विमानस्थल भएको जिल्ला हो । जिल्लामा अहिले चारवटा विमास्थल रहेका छन् । जसमध्ये सदरमुकाममा रहेको फाप्लु विमास्थल र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा रहेको तेन्जिङ हिलारी विमानस्थल सञ्चालनमा रहेको भए पनि अन्य दुई विमानस्थलमा भने नियमित उडान हुनसकेको छैन ।
लामो समयदेखि रोकिएका विमानस्थल निरीक्षणपछि सञ्चालनमा आउने आशा पलाएको स्थानीयको भनाइ छ । यता जिल्लाको महाकुलुङ गाउँपालिकामा निर्माण हुनलागेको महाकुलुङ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन पास भएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने क्रममा रहेको छ । यो विमानस्थल निर्माण भएपछि सोलुखुम्बुमा विमानस्थलको संख्या ५ पुग्नेछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया