Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपालगञ्ज एकीकृत भन्सार जाँचचौकीको काम सुरु हुँदै

नेपालगञ्ज एकीकृत भन्सार जाँचचौकीको काम सुरु हुँदै


जिएम यादव
बाँके ।
नेपालगञ्ज एकीकृत भन्सार जाँचचौकी (आईसीपी)को निर्माण कार्य अगाडि बढेको छ । नेपालगञ्ज–रूपैडियामा संयुक्तरूपमा बन्ने उक्त आईसीपीको निर्माण कार्यका लागि भारतीय पक्षले परामर्शदाता र ठेकेदार कम्पनी छनोट गरेसंगै काम अगाडी बढेको हो । भारतीय लोकसभा निर्वाचन, कोरोना कहरले प्रभावित भएको काम अब सुरु हुने बताइएको छ ।

आईसीपी निर्माण तथा सञ्चालनमा प्रत्यक्ष चासो राख्ने नेपाल इन्टरमोडेल यातायात विकास समितिका मेकानिकल इन्जिनियर जीवन ढकालका अनुसार, भारतीय पक्षले राइट्स नामको कम्पनीलाई परामर्शदाता र राजदीप बिल्डकनलाई ठेकेदार कम्पनीका रूपमा छनोट गरी आईसीपी निर्माणको काम अगाडि बढाएको हो । परामर्शदाता र ठेकेदार कम्पनी छनौटसंगै भारतीय पक्षले नेपालमा ल्याउनुपर्ने भन्साररहित सामग्रीको सूची माष्टरलिष्ट पठाइसकेको छ । प्रयोग गर्न मिल्ने र नमिल्ने दुई थरी सामग्री आयातको अनुमतिसँगै आईसीपीको काम औपचारिकरूपमा अगाडि बढ्नेछ ।

सबै कागजाती काम सम्पन्न भए तिहारपछि पूर्वाधार निर्माणको काम हुने अपेक्षा गरिएको छ । उक्त आईसीपीका लागि नेपाल पक्षले जग्गा अधिग्रहणको काम सम्पन्न गरिसक्दा पनि भारतले पूर्वाधार निर्माणका ढिलाई गरेको थियो । आईसीपी निर्माणको सम्पूर्ण जिम्मा भारतीय पक्षका भएकाले उक्त आईसीपी निर्माणको भविष्य भारतीय पक्षमै निर्भर रहेको छ । भारततर्फ ५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

२०७५ पुष ३० गते भारतका तत्कालीन गृहमन्त्री एवं हालका रक्षामन्त्री राजनाथ सिंहले आईसीपीको भारततर्फको क्षेत्र रूपैडियामा आएर शिलान्यास गरेका थिए । उनलै आगामी दुई वर्षभित्र काम सक्ने घोषणा गरेको भए पनि डेढ वर्ष बितिसक्दा समेत तर काम सुरु हुन सकेको थिएन ।

भारतले आफ्नो र नेपालतर्फ नै भौतिक पूर्वाधारको काम गर्न बाँकी छ । भारततर्फ एक सय ४२ एकड जमिनमा आईसीपी बन्दै छ । दुई अरब भारतीय रूपैयाँ लागतमा दुई वर्षभित्र आईसीपी निर्माण गरिसक्नुपर्ने समयसीमा रहेको छ । हाल काममा ढिलाइ भए पनि अब भने काम चाँडो सुरु हुने आशा पलाएको छ । भवन निर्माणसम्बन्धी काम भने सहरी विकास कार्यालयले हेर्ने गर्छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया