नेपालले चीनमा सामान निर्यात गर्दा नेपाली क्वारेन्टाइन प्रमाणपत्र स्वीकार नगरेपछि समस्या
काठमाडौं ।
नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपालले चीनमा सामान निर्यात गर्दा नेपाली क्वारेन्टाइन प्रमाण पत्र स्वीकार नगर्दा समस्या भएको बताएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतका लागि नवनियुक्त माहावाणिज्यदूत नवराज ढकाल तथा संघका पदाधिकारीहरुबीच सोमबार भएको भेटमा उनले नेपाली क्वारेन्टाइन प्रमाण पत्र स्वीकार गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।
साथै उनले दुई देशको भन्सार कोर्डमा आठ अंक र ६ अंक प्रयोग हुँदा समस्या हुने गरेको बताए । यस्ता प्रक्रियालाई एकरुपता दिई नेपालको निर्यात प्रवद्र्धनका लागि जोड दिनुपर्ने उनको भनाइ थियो । अध्यक्ष तुलाधरले कोभिड १९ का कारण नाकामा पूर्णरुपमा सुचारु हुन नसकेको यातायात सुचारु गर्न पहलका लागि अनुरोध समेत गरे । दुई देशबीच व्यापार सहजीकरणका लागि सडक विस्तार गरिनुपर्ने उनले बताए । यस्तै चीन सरकारद्वारा आठ हजार ३० नेपाली उत्पादनमा प्रदान गरिएको शून्य भन्सार सदुपयोगका लागि प्रक्रिया सरलीकरणका लागि आग्रह समेत गरे ।
नेपाल र तिब्बतबीच सदियौं पुरानो ऐतिहासिक सम्बन्ध रहेको भन्दै उनले संघका गतिविधिहरु तथा विद्यमान व्यापारिक सम्भावना र समस्याहरुबारे जानकारी दिए । संघले तिब्बतका व्यापारिक संगठनहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरी व्यापारिक सूचना, प्रतिनिधिमण्डलको आदानप्रदान, पर्यटन प्रवद्र्धन, व्यापारिक मेला, एक्स्पो, सेमिनारमा सहभागिता आदिमा सहकार्य गरी अघि बढिरहेको समेत उनले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया