Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालविद्युत् खपत बढेपछि सोलुखुम्बुमा लोडसेडिङ

विद्युत् खपत बढेपछि सोलुखुम्बुमा लोडसेडिङ


सोलुखुम्बु ।
विद्युत् खपत बढेसँगै सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा दैनिक लोडसेडिङ सुरु भएको छ । विद्युत् सेवा प्रदान गर्दै आएको सल्लेरी च्याल्सा विद्युत् कम्पनीले दैनिक आधा घण्टाका दरले लोडसेडिङ गर्न थालेको हो । चिसो बढेसँगै विद्युत् खपत बढेकाले आइतबार साँझबाट दैनिक आधा घण्टा विद्युत् कटौती गर्न थालेकोे कम्पनीका महाप्रबन्धक कृष्ण प्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार पछिल्लो चिसो बढेपछि हिटर, वासिङ मेसिनलगायतका विद्युत् बढी खपत हुने उपकरणको प्रयोग बढेसँगै विद्युत् मेसिनले भार धान्न नसक्ने भएकाले विद्युत् कटौती गर्नुपरेको हो । कम्पनीले एक सूचना जारी गर्दै नजिकिँदै गरेको शुभ दीपावलीमा अझ विद्युत् खपत बढ्ने भएकाले विद्युतीय सामग्रीहरु मोटर, हिटर, फ्रिज, आइरन, वासिङ मेसिन, मिललगायतका उपकरण अनावश्यक रुपमा प्रयोग नगर्न कम्पनीले आग्रह गरेको छ ।

छ सय ३३ किलोवाट क्षमताको विद्युत् कम्पनीले हाल सल्लेरीसहित आसपासका करिब २२ सय घरधूरीलाई विद्युत् सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । जाडोको समयमा विद्युत् खपत बढ्ने भए पनि अन्य समयमा भने विद्युत् पर्याप्त मात्रामा हुने आयोजनाले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया