‘बैंकिङ र ट्रेड युनियनसँग लड्नसक्ने नेतृत्वको खाँचो छ’
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अहिले बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व महासंघमा चाहिएको बताएका छन् । कर, भ्याट, अन्तःशुल्कलगायतमा देखिएका समस्या समाधानका लागि सरकारसँग वार्ता गर्नसक्ने र स्पष्ट भनाइ राख्नसक्ने व्यक्ति महासंघको नेतृत्वमा आउनुपर्ने मुरारकाको भनाइ छ । त्यो भूमिका किशोर प्रधानले मात्र निर्वाह गर्नसक्ने भन्दै मुरारकाले जिल्ला नगरबाट नेतृत्व अपरिहार्य रहेको बताए ।
ठेक्का प्रक्रियामा टेण्डर हालेजसरी नेतृत्वमा पुग्नेले महासंघलाई नेतृत्व दिन नसक्ने उनको भनाइ छ । मुरारकाले बोलकबोलमा नेतृत्व छान्ने प्रवृत्ति खारेज हुनुपर्नेमा जोड दिए । ‘म निवर्तमान अध्यक्षका नाताले महासंघभित्र दोस्रो वरीयतामा थिएँ’, उनले भने, ‘डेढ वर्षसम्म म मिटिङमा गएर मात्रै फर्किएँ, किनभने मैले कुनै हस्तक्षेप गर्नु थिएन । तर, अपराध नै गरेजसरी वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष बन्न नदिने चलखेल सुरु भयो, त्यसपछि म सक्रिय भएको हुँ ।’
उनले शेखर गोल्छाले अपराधै गरेजसरी अध्यक्ष बन्न नदिने भनी धम्क्याएको दाबी गरे । मुरारकाले प्रश्न गरे, ‘पहिला वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी गोल्छालाई मतदान गर्ने, अनि अहिले अध्यक्ष बन्न दिन्न भनेर धम्क्याउने ?’ शेखर गोल्छाले धम्कीको प्रवाह नगरी किशोर प्रधानको समूहलाई आफ्नो समूह भन्ने गरेको भन्दै मुरारकाले आगामी अध्यक्षले चाहेको समूहलाई नेतृत्वमा ल्याउन आफू लागेको बताए ।
साना तथा मझौला व्यवसायीका पीडा निकै दर्दनाक हुने भन्दै मुरारकाले त्यस्ता गुनासो सुन्नसक्ने र सरकारसमक्ष पु-याउने क्षमता किशोर प्रधानसँग रहेको बताए ।महासंघको इतिहासमा हालसम्म जिल्ला नगरतर्फबाट आनन्दराज मुल्मी र कुशकुमार जोशी मात्रै अध्यक्ष भएको स्मरण गराउँदै उनले किशोर प्रधानले महासंघमा आएर गरेको त्यागलाई सम्मान गर्न पनि यसपटक उनलाई मतदान गरेर विजयी बनाउन मतदातालाई आग्रह गरे ।
‘किशोर प्रधान अनुभवी र क्षमता भएको व्यक्ति हुनुहुन्छ, अहिलेको अवस्थामा महासंघमा अनुभवी व्यक्ति चाहिएको छ’, मुरारकाले भने, ‘अगाडि पर्दा तपाईं नै हाम्रो मान्छे भन्ने तर पछाडिबाट असहयोगी भूमिका खेल्ने प्रवृत्ति त्यागेर मतदान गर्नुपर्छ । किशोरसँग केही गुनासा छन् भने उनकै अगाडि भन्न सक्नुपर्छ ।’ अहिले उल्लेख्य सहभागिता देखेर निर्वाचन सहजै जित्ने आँकलन गर्न सकिने बताएका उनले अन्तर्घात नगर्न सबैलाई आग्रह गरे । ‘म अनुरोध गर्न चाहन्छु, अहिले तपाईंहरुले गर्ने कमजोरी र गल्तीका कारण आगामी तीन वर्ष पछुताउनु नपरोस्’, मुरारकाले भने ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया