आशिष बहादुर सिंह
बझाड. ।
बझाङको जयपृथ्वी नगरपालिकाको कैलाश गाउँका स्थानीय गाउँमा बिजुलीको खम्बा गाडेको वर्षौँ बितिसक्दा पनि अँध्यारोमा बस्न बाध्य छन् । बझाङको साबिक कैलाश गाविस नयाँ संरचनापछि जयपृथ्वी नगरपालिकासँग गाभिएको छ । उक्त गाविसलाई नगरपालिकाको कुनै पनि मापदण्ड पूरा नगरी राजनीति अखेडो बनाउनलाई नगरपालिकामा गाभिएको स्थानीयको भनाइ छ ।
यहाँका स्थानीयलाई आफ्नो गाउँ नगरपालिकामा समाहित भएको र स्थानीय तह निर्वाचनपछि गाउँले जनप्रतिनिधि पाएका कारण गाउँमा विकास हुने आशा पलाएको थियो । तर जनप्रतिनिधिहरूले यहाँको भूगोलको समेत राम्रो ज्ञान छैन । ‘घर छेउमै सेती नदी अटुटरूपमा बगिरहेको छ । गाउँमा पोल गाडिएको पनि वर्षौँ भइसक्यो तर बिजुलीबत्ती बाल्न सकिएको छैन’, स्थानीय अर्जुन सिंहले भने । बत्ती बालेर घर झिलिमिली पार्ने ठूलो धोको भए पनि उक्त धोको पूरा होला कि नहोला भन्ने अन्योल रहेको स्थानीय अमृत शाहीको भनाइ छ ।
बिजुलीको उज्यालो नदेखेर टुकीको भरमा नगरवासीले जीवन बिताउनुपर्ने बाध्यता छ । गाउँमा आएपछि मोबाइल चार्ज समेत नभएर सम्पर्कविहीन हुनुपरेको गोविन्द विकले बताए । स्थानीय प्रेम सिंहले भने, ‘कहिले बत्ती दिने हो थाहा छैन । खम्बा गाडेको त देख्न पाइयो ।’ बझाङ जिल्लामा अटुटरूपले बगिरहने सेती नदी, घाट गंगा, बाउली गाड, सुगिाड, कालंगा नदी, डुग्रीगाड, जडारी गाड, लिसिगाडलगायत १२ भन्दा बढी गाड र खोला रहेका छन् । नेपाल सरकारले यी नदी र गाडमा विद्युत् उत्पादनका लागि ठूलो लगानी गरेको छैन । सरकारी लगानी नहुँदा स्थानीय गाउँबासीले बिजुलीबत्ती बाल्नबाट वञ्चित हुनुपरेको छ । आफैँले लगानी गरौँ भने पनि उनीहरूसँग चाहेजति लगानी गर्नसक्ने पैसा छैन ।
जलस्रोतको धनी जिल्ला भए पनि जिल्लावासीले विद्युत् उत्पादन गरी स्थानीयस्तरमा बत्ती बाल्नेको संख्या निकै कम रहेको छ । विद्युत् गाउँमै भए कुटानी पिसानी र काठको उद्योग पनि सञ्चालनमा ल्याउनसके गाउँका बेरोजगार युवाले पनि रोजगारी पाउने डम्बर सिंहले बताए । कामका लागि विदेशिने युवाहरूले जिल्लामै रोजगारी पाउने थिए भने युवा जनशक्तिले घरमै पसिना बगाउँदा घरपरिवार समेत निरोगी हुने अवस्था थियो । जिल्लामा नदी, गाड र खोलाको पानी खेर गइरहेको छ । सबै ठाउँमा विद्युत् निर्माण भए गाउँबासीले विद्युत् बाल्न पाउने थिए । तर यसतिर स्थानीय तहले चासो देखाएको छैन ।
राष्ट्रिय प्रसारणलाइन जयपृथ्वी नगरपालिकाभर नै काम गर्ने गरी काम सञ्चालन गरेको भए पनि ठेकेदार र विद्युत् कार्यालयका हाकिमको लापरबाहीले गर्दा काम हुन नसकेको वडा अध्यक्ष गगन सिंहले बताए । जिल्लाको जनसंख्या २०६८ सालको जनगणनाअनुसार महिला एक लाख ९६ हजार दुई सय ७७ रहेको छ । शैक्षिक आर्थिकरूपमा निकै पछाडि परेको यस जिल्लाका बासिन्दाको वार्षिक आए प्रतिव्यक्ति चार हजार नौ सय ३० रहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया