जिल्ला अस्पतालमा डाक्टर नहुँदा समस्याका चाङ
महेन्द्र शाही
साुलुखुम्बु ।
सोलुखुम्बुबाट पछिल्लो १० दिनभित्र चारवटा शव पोस्टपार्टमका लागि छिमेकी जिल्ला ओखलढुंगा लगिएको छ । जिल्ला अस्पताल फाप्लुमा डाक्टर नहुँदा कात्तिक २७ गते यता विभिन्न कारणले मृत्यु भएका ४ जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयको तथ्यांकअनुसार कात्तिक २७ गते कर्तव्य ज्यानका नेचासल्यानका एक पुरुष, कात्तिक ३० गते सोही कसुरअन्तर्गत गार्माका एक पुरुषको शव पोस्टमार्टमका लागि ओखलढुंगा पठाइएको हो । त्यसैगरी मंसिर ३ गते पानीले बगाएर मृत्यु भएका बेनीका पुरुष र मंसिर ३ गते नै झुडिएर मृत्यु भएका नेचासल्यानका एक पुरुषको शव ओखलढुंगा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए । ३ जना डाक्टर कार्यरत जिल्ला अस्पतालमा एक जना डाक्टर कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेको, एक जना सरुवा भएको तथा एक जना तिहार बिदामा बसेकाले करिब १० दिनदेखि अस्पताल डाक्टरविहीन बनेका छन् ।
डाक्टर नहुँदा अस्पतालबाट प्रभाह हुने प्रसूति सेवा, जटिल प्रकृतिका स्वास्थ्य सेवा तथा पोस्टमार्टम सेवा प्रभावित बनेको अस्पताल स्रोतले जनाएको छ । जिल्लामै उपलब्ध हुने पोस्टमार्टम सेवा समेत डाक्टर अभावका कारण छिमेकी जिल्ला धाउनुपर्दा सेवाग्राहीलाई सास्ती भएको नागरिकको गुनासो छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया