श्रम बजारलाई व्यवस्थित गर्र्ने परियोजनाको औपचारिक शुभारम्भ
काठमाडौं ।
श्रम बजार सूचना प्रणालीको विकासका क्षेत्रमा काम गर्न नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा साझेदार व्यावसायिक संस्थाहरू नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघ तथा ब्रिटिश काउन्सिलको सहयोगमा ल्याइएको परियोजनाको काठमाडौंमा शुभारम्भ गरिएको छ ।
परियोजनामार्फत व्यावसायिक वर्गीकरण मानकको विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गरिनेछ । कृषि, भौतिक निर्माण र पर्यटनका क्षेत्रमा परियोजना कार्यान्वयन हुनेछ । नेपाल सरकारबाट स्वीकृत यस परियोजनाको कार्य अवधि १४ महिनाको हुनेछ भने परियोजनाको कुल बजेट १७ करोड ९० लाख ११ हजार ७ सय ३३ रुपैयाँ हुनेछ । महासंघको नेतृत्वमा साझेदार संस्थाहरूको साझेदारीमा परियोजनाको कार्यान्वयन आउनेछ ।
मुलुकभित्र औद्योगिक व्यावसायिक क्षेत्रले श्रम बजारसम्बन्धी आवश्यक तथ्यांक एवं जानकारीको अभावमा भोग्नुपरेको समस्यालाई यस परियोजनाले सम्बोधन गर्नुका साथै मुलुकको औद्योगिक विकासमा सहयोग पु-याउने, श्रम बजारसम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरूको लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने प्रत्याभूति दिलाउने, श्रम बजारसम्बन्धी तथ्यांक प्रणालीको विकास गर्ने कार्यमा परियोजनाले काम गर्नेछ ।
कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले मुलुकभित्र उद्योग व्यवसायको मागका आधारमा श्रम बजारमा जनशक्ति तयार गर्ने महासंघको लक्ष्यलाई पूरा गर्ने कार्यमा परियोजनामार्फत युरोपेली संघ र ब्रिटिश काउन्सिलको सहयोगप्रति आभार प्रकट गर्दै सहमतिअनुसार परियोजनालाई कार्यान्वयन गर्ने बताइन् ।
नेपालका लागि युरोपेली संघका राजदूत नोना डेपरेजले यस परियोजनाले नेपालको श्रम बजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण सहयोग पु-याउने र नेपालको आर्थिक विकासमा आवश्यक दक्ष जनशक्तिको आपूर्तिमा सघाउने बताइन् । ब्रिटिश काउन्सिलका देशीय निर्देशक साहिदा म्याकडाउगल र टिभेट इम्प्लोयर पार्टनरशिप विज्ञ जोन माउन्टफोर्डले यो परियोजना नेपालको व्यावसायिक क्षेत्रका नेतृत्वदायी संस्थाहरू एफएनसीसीआई, सीएनआई, एफक्यान, एफएनसीएसआई र हानबीचको सहकार्यको महत्वपूर्ण उदाहरण हुने बताए ।
दक्षता परियोजनाको साझेदारीमा ब्रिटिश काउन्सिलको सहयोगमा कार्यान्वयनमा आउने यो परियोजनाले दक्ष सीपयुक्त जनशक्ति उत्पादनमार्फत नेपालको आर्थिक विकास, लगानी आकर्षण र रोजगारी सृजनामा सघाउने उनीहरूको विश्वास छ । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले रोजगारीका लागि लाखौँ नेपाली विदेशिनुपरेको अवस्थामा यो परियोजनाले केही राहत दिने बताए । नेपालमा धेरै उद्योगहरू भए पनि दक्ष जनशक्तिको अभावले विदेशबाट कामदार ल्याउनुपर्ने र आफ्नो युवा जमात विदेशिनुपर्ने बाध्यात्मक अवस्थालाई हटाउन परियोजनाले सहयोग गर्ने उनको भनाइ थियो ।
महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले यस परियोजनाले नेपालको परिवेशमा रहेको जनशक्तिको माग र आपूर्तिलाई व्यवस्थापन हुने किसिमले तालिमहरूको सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा सहयोगी संस्थाहरू निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, होटल संघ नेपालका अध्यक्ष सृजना राणा, साना तथा घरेलु उद्योग महासंघका का.वा.अध्यक्ष उमेश सिंह र नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस परियोजना सामूहिक रुपमा सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गर्दै परियोजना सफल बनाउन आ–आफ्नो क्षेत्रबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
महासंघका परियोजना समन्वय समितिका सदस्य सुमित केडिया र परियोजनाको टिम लिडर चन्द्रकान्त अधिकारीले परियोजना कसरी सुरुवात, परियोजनाको उद्देश्य, क्रियाकलाप, कार्यक्षेत्र र अपेक्षित परिणामसम्बन्धी विषयहरूका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा परियोजनाका फोकल पर्सन रविन श्रेष्ठ, महासंघका उपाध्यक्ष किशोर प्रधान, महासंघका कार्यकारिणी समिति सदस्यहरू, विभिन्न वस्तुगत संघका प्रतिनिधिहरूको उपस्थिति थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया