कञ्चनपुरका दुई मात्र क्रसर उद्योग वैधानिकरुपमा सञ्चालित
धन बहादुर जप्रेल
कञ्चनपुर
कञ्चनपुरमा दुई क्रसर उद्योग मात्र वैधानिकरूपमा सञ्चालित रहेको पाइएको छ । जिल्लाभर सञ्चालित अन्य सबै क्रसर उद्योग अवैधरूपमा मापदण्डविपरित सञ्चालनमा रहेका छन् । गृह मन्त्रालयले देशभरिका क्रसर उद्योगको अनुगमन गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएअनुरूप कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो नेतृत्वको अनुगमन टोलीले दुई उद्योगबाहेक अन्य सबै क्रसर उद्योग अवैध र गैर कानुनी तरिकाले मापदण्ड मिचेर सञ्चालनमा रहेको तथ्य पाएको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी महतोले जिल्लामा सञ्चालनमा रहेका अस्थायी, स्थायी गरी ११ क्रसर उद्योगको जिल्लास्थित सयुक्त टोलीले स्थलगत अनुगमन गरेको बताए ।
गत सोमबारदेखि सबै क्रसर उद्योगको स्थलगत अनुगमन गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गृह मन्त्रालयमा प्रतिवेदन पठाएको छ । अवैध वैध, मापदण्ड, वर्तमान स्थितिबारे अनुगमन गरेर सबै क्रसर उद्योगको प्रतिवदेन गृह मन्त्रालयमा पठाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी महतोले बताए । प्रजिअ महतोले गैरकानुनीरूपमा सञ्चालनमा रहेका उद्योगलाई यथाशीघ्र बन्द गर्न निर्देशन दिएको बताए ।
‘दुई उद्योगले मात्रै कानुनअनुरूप, आवश्यक सबै प्रमाण मापदण्ड पूरा गरी सञ्चालनमा रहेको पाइयो’, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी महतोले भने, ‘बाँकी ९ उद्योग इजाजतबिना र मापदण्डविपरीत सञ्चालित रहेछन् ।’ प्रजिअ महतोले बेदकोट नगरपालिका ९ सुन्दपुरको सिद्धनाथ अनमोल क्रसर उद्योग र बेदकोट नगरपालिका ८ भाँसीको जोशी क्रसर उद्योगबाहेक अन्य सबै क्रसर उद्योग गैरकानुनी र मापदण्डविपरीत सञ्चालनमा रहेको बताए ।
उनका अनुसार आकांक्षा कृष्णपुर नगरको नेचुरल गिटी सप्लायर्स र बेदकोट नगरको बेदकोट निर्माण समग्री प्रसोधन केन्द्रले इजाजतबिना बालुवा भनेर मेसिनै खडा गरेर गिट्टी उत्पादन गरेकाले बन्द गर्न निर्देशन दिएको छ । ‘आकांक्षा नेचुरल गिटी सप्लायर्सलाई तत्काल मेसिन हटाउन निर्देशन दिएका छौँ, ‘उनले भने, ‘बेदकोट निर्माण समग्री प्रशोधन केन्द्रलाई यथाशीघ्र बन्द गर्न निर्देशन दिएका छौँ ।’ बालुवा भनेर मेसिनै राखेर गिटी समेत उत्पादन गर्दा उनीहरू दुवै उद्योग अवैध भएको अनुगमन समितिले निष्कर्ष निकालेको हो । प्रजिअ महतोले सात आयोजनाका लागि खोलिएका अस्थायी क्रसर उद्योगीलाई सम्बन्धित पालिका र आयोजना कार्यालयबाट अनुमतिका साथै वातावरणी प्रभाव मूल्याङकन प्रतिवेदन पेस गर्न निर्देशन दिएको बताए ।
प्रजिअ महतोका अनुसार सन्तोषी थेगिम, महाकाली गौरव विल्र्डस, सुविता एण्ड सुविस कन्स्ट्रक्सन, कुमार सफीआईसी जेभी, राजेन्द्र निर्माण सेवा, बाबाहंस सिद्धिकी, राजेन्द्र लुम्बिनी निर्माण सेवालाई आवश्यक कागजत पेस गर्न निर्देशन दिइएको छ । ‘आयोजनाको हकमा पनि यथाशीघ्र आवश्यक प्रमाण पेस गर्न भनेका छौँ, ‘प्रजिअ महतोले भने, ‘तोकिएको अवधिमा मागेअनुरूप प्रमाण पेस नगरे बन्द गराउँछौँ ।’ अवैध, गैर कानुनी र मापदण्ड पूरा नगरेका क्रसर उद्योग बन्द गराई छाड्ने प्रजिअ महतोले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया