Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमेसिनसहित नक्कली नोट बनाउने गिरोह पक्राउ

मेसिनसहित नक्कली नोट बनाउने गिरोह पक्राउ


कञ्चनपुर ।
नक्कली नोट बनाउने मेसिनसहित एक गिरोहलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले तीन जनालाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले भीमदत्त नगरपालिका १८ महेन्द्रनगरबाट दुई श्रीमान् श्रीमतीसहित तीन जनालाई पक्राउ परेको हो । आइतबार बेलुकी महेन्द्रनगरकोे गल्ली नम्बर २ स्थित सानु धामीको फुटपात पसलमा समान किनिरहेका बम दाम्पती रितिका बम र अनुज शर्मामाथि खानतलासी गर्दा दुवैको साथबाट एक हजारका दुई नेपाली नोट फेला परेका आधारमा कञ्चनपुर प्रहरीले उनीहरुको डेरामा छापा मारेको थियो ।

शनिबार भीमदत्त नगरपालिका १८ भगतपुरका दिपक नाथले गोबरैयास्थित अरुण शाहको पसलमा गई समान किन्ने क्रममा पक्राउ गरिएको थियो । एक दिन बिराएर छुट्टाछुट्टै गरी तीनै जनालाई पक्राउ गरी कञ्चनपुर प्रहरीले सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी अमरबहादुर थापाले भारतीय नागरिक समेत रहेका रितिक बलकै योजनामा नक्कली नोट छापिरहेकोे बताए ।

बमशर्मा दम्पती बस्ने डेरामा खानतलासी गर्दा एक हजार दरका दुईवटा नक्कली नोटसहित ल्यापटप १ थान, चार्जर १ थान, फोटोकपी मेसिन १ थान, कैची थान २ थान, किबोर्ड २ थान, माउस १ थान, विभन्न बैंकहरुको चेकबुक ३ थान, एटीएम, आईएमई कार्ड र नक्कली नोट बनाउनका लागि काटिएका ५० थान फोटोकपी पेपर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु तीनै जनाविरुद्ध मुद्रासम्बन्धी कसुर मुद्दा चलाइनेछ ।

कञ्चनपुर प्रहरीले नक्कली नोट बनाउने गिरोहको सञ्जाल तोड्ने जनाएको छ । उनीहरु सहित थप संलग्नको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । यसैबीच डाँकामुद्दामा फरार रहेका र नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरिएको छ । डाँकामुद्दाका फरार रविन्द्र साउद र नेपाली सेनाको परीक्षामा सहभागी भएका सुमन खड्कालाई समेत पक्राउ गरिएको छ । कञ्चनपुर प्रहरीले साउदलाई बेलौरीको पचुई क्षेत्रबाट र खडकालाई कञ्चन विद्या मन्दिरमा सञ्चालन भएको सेनाको जवानको परीक्षामा पक्राउ गरी म्याद थप गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया