Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालगाउँमै प्रसूति सेवा

गाउँमै प्रसूति सेवा


दोलखा ।
दोलखाको मेलुङ गाउँपालिकाको वडा नम्बर ३ मा पहिलोपटक गाउँमै प्रसूति सेवाको उद्घाटन भएपछि सो क्षेत्रका स्थानीय महिला खुसी देखिएका छन् । गाउँमा प्रसूति सेवा नहुँदा यसअघि मेलुङ घ्याङका महिलाहरुलाई सुत्केरी गराउन घण्टौँ लगाएर टाढा पु-याउनुपर्ने समस्याको समाधान भएको मेलुङ गाउँपालिका ३ की महिला सुनिता श्रेष्ठले बताइन् । गाउँमै २४ घण्टे प्रसूति सेवा विस्तार भएकाले सिङ्गो गाउँका महिला लाभान्वित हुने उनको भनाइ छ । मेलुङ गाउँपालिकाले प्रसूति सेवा सञ्चालन गर्नको लागि गत आर्थिक वर्षमा सात लाख बजेट विनियोजन गरेको थियो । प्रसूति सेवा र सामुदायिक स्वास्थ्य इकाइको बुधबार गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले उद्घाटन गरेका हुन् ।

गाउँमै सामाजिक स्वास्थ्य इकाइ विस्तार भएपछि अस्पताल धाइरहेका स्थानीय नागरिकले अब छोटो समयमै सानोतिनो रोगबाट पीडित बन्नुपर्ने समस्या समाधान हुने वडा अध्यक्ष हिरा थोकरले बताए । भन्ज्याङ र मानेका करिब १५ सय महिलाले अब सुत्केरी हुन गाउँपालिकाको वडा न ५ र ६ तथा सदरमुकाम चरीकोट पुग्नुपर्ने समस्या हल भएको उनको भनाइ छ । यसअघि त्यस क्षेत्रमा यी दुई सेवा नहुँदा सामान्य उपचार गराउन पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया