काठमाडौं ।
नेपाल उद्योग परिसंघले निजी क्षेत्रबीचको सहकार्य आजको आवश्यकता भएको बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई परिसंघ कार्यलयमा स्वागत गर्दै अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रका दुई सशक्त संस्थाहरूबीच विगतदेखि नै विभिन्न आयामबाट सहकार्य रहँदै आएको स्पष्ट पार्दै आगामी दिनमा सहकार्यलाई थप सुदृढ र मजबुत बनाउन आवश्यक रहेको बताए । अध्यक्ष मोरले निजी क्षेत्रले भोग्दै आएका समस्या तथा समग्र आर्थिक नीतिहरूमा देखिने अस्पष्टता हटाउन आफूहरूका प्रयासहरूलाई एकताबद्ध रुपमा संयोजन गर्न सकियो भने निजी क्षेत्रको विकास तथा दिगो औद्योगिक विकासको माध्यमबाट आर्थिक वृद्धिदर बढाउन योगदान पुग्ने बताए ।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका र योगदानको उजागर गर्दै निजी क्षेत्रका समस्याहरू उस्तै प्रकारका भए पनि कतिपय अवस्थामा उद्योगको वर्गीकरण र क्षमताका आधारमा समस्याहरू फरक पर्ने भएकोले निजी क्षेत्रले मध्यमार्गी बाटो अपनाई एकताबद्ध भई उद्योग व्यवसायको प्रवर्द्धन र विकासमा सहकार्य नै पहिलो प्राथमिकतामा रहेको बताए । विगतमा पनि परिसंघसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै उनले निजी क्षेत्रको सामूहिक भिजन आजको आवश्यकता रहेको र त्यसलाई मूर्तरुप प्रदान गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्ने बताए ।
आर्थिक पुनरुत्थान तथा औद्योगिक विकासको साझा एजेण्डामा परिसंघ र महासंघ मिलेर काम गर्ने उनको भनाइ थियो । निजी क्षेत्रका संस्थाहरू प्रतिस्पर्धीभन्दा साझेदारको रुपमा भएकाले निजी क्षेत्रबाटै समृद्धि सम्भव छ भन्ने महशुस गराउन सहकार्यलाई थप विस्तार र सुदृढ गर्दै जाने उनले बताए । कार्यक्रममा परिसंघ र महासंघका पदाधिकारीहरूले उच्च आर्थिक वृद्धि, रोजगारी विस्तार, निर्यात बढाउने तथा व्यापार घाटा कम गर्नेलगायत निजी क्षेत्रको विकास तथा सम्मान बढाउने एजेण्डामा आपसी सहकार्यले परिणाम दिनसक्ने भएकाले त्यसतर्फ सहकार्य बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा परिसंघको तर्फबाट परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालसहित उपाध्यक्षहरू सुलभ अग्रवाल, कृष्णप्रसाद अधिकारी, राजेश अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो भने महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया