क्यान्सर र कोभिडप्रति नेपाल महिला चेम्बरको चासो
काठमाडौं ।
नेपाल महिला चेम्बरले क्यान्सर र कोभिड १९ विषयक वेबिनार कार्यक्रमको आयोजना गरेको छ । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा शुक्रबार आयोजित सो वेबिनार कार्यक्रममाझ प्रमुख वक्ताका रुपमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठ र चिकित्सा वैज्ञानिक डा. दिग्विजय राजा महतले प्रस्तुति दिएका थिए ।महिला चेम्बरकी सदस्य सोनी जोशीले वक्ता डा. सुदिप श्रेष्ठको व्यक्तित्वबारे चर्चा गर्दै चिकित्सा विज्ञानअन्तर्गत क्यान्सर उपचारको क्षेत्रमा उनको पृथक् पहिचान रहेको भन्दै उनको विज्ञता, अनुभव र आबद्धता सम्बन्धमा प्रकाश पारेकी थिइन् ।
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका अध्यक्ष एवम् वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले कोरोना महामारी सुरु भएका केही साता क्यान्सरका बिरामी ७५ प्रतिशतले घटेको भन्दै अझै पनि २५ प्रतिशत बिरामी कोरोनाको डरले फलोअपमा समेत आउन छाडेको बताए । उनले बिरामी समयमा नआउँदा निको हुने क्यान्सरको उपचारमा समेत समस्या देखिएको कुरा राख्दै कोरोनाबाट बच्न सुरक्षा अपनाउँदै क्यान्सरको उपचारलाई निरन्तरता दिन सल्लाह दिए ।
डा. श्रेष्ठले कोभिडपश्चात् क्यान्सरका बिरामीहरु बढीजसो एडभान्स स्टेजमा आउने गरेको जनाएका थिए । ढिलो गरी आउनाले क्यान्सरको उपचार प्रभावित बन्ने गरेको पनि उनले औँल्याए । उनले मेडिकल टिमसँग नियमित सम्पर्कमा रहन सुझाउँदै ब्लड क्यान्सर, फोक्सो क्यान्सर, अंग प्रत्यारोपण, ब्ल्ड प्रेसर, डायबिटिज, मुटु रोगीलगायतमा कोभिडको जोखिम बढी रहने बताए ।
पछिल्लो समयमा कोभिडलाई हल्का रुपमा लिने गरिएको भन्दै विकसित अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे । डा. श्रेष्ठले व्यावसायिक रुपमा पनि सुरक्षित रहँदै व्यापार व्यवसाय गर्नुपर्नेमा जोड दिए । महिला चेम्बरकी सदस्य सुनिता बटाजुले कार्यक्रमका वक्ता चिकित्सा वैज्ञानिक एवम् अनुसन्धानदाता डा. दिग्विजय राजा महतको व्यक्तित्वबारे प्रकाश पार्दै उनी एक अब्बल अनुसन्धानकर्ता रहेको बताइन् । उनको अनुसन्धानबाट क्यान्सर रोगको उपचार पद्धतिहरुको विकास भई अन्तर्राष्ट्रियस्तरमा चर्चा चुलिँदै गएको पनि उनले औँल्याइन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया