राष्ट्रिय निर्माण दिवसको अवसरमा रक्तदान कार्यक्रम
काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघले १३औँ राष्ट्रिय निर्माण दिवस २०७७ को अवसरमा राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । महासंघ सचिवालयमा सोमबार भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए । रक्तदान जीवनदान भन्ने मूल मर्मलाई आत्मसात् गर्दै, कोरोना कहरको विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै कार्यक्रम सञ्चालन गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।
विगतमा निर्माण दिवसमा प्रभातफेरी, एफक्यान अवार्डलगायतका राष्ट्रियस्तरका कार्यक्रम आयोजना गरिए पनि यस वर्ष कोरोना महामारीका कारण महासंघले रक्तदान मात्र आयोजना गरेको हो । रक्तदाताहरूलाई महासंघका अध्यक्ष रवि सिंहलगायतका पदाधिकारीहरूले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । जिल्ला निर्माण व्यवसायी संघहरूले अन्य विविध सामाजिक कार्यहरू मात्र गरी निर्माण दिवस मनाएका छन् । महासंघले प्रत्येक वर्ष मंसिर २२ मा आफ्नो स्थापना दिनमा विविध कार्यक्रम गर्दै राष्ट्रिय निर्माण दिवस मनाउँदै आएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया