नागरिकता लिनेहरूको भीड सेवाग्राहीमा कोरोनाको त्रास
गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिकाका बिपिन मुखिया नागरिकता बनाउन बुधबार बिहान १० बजे नै जिल्ला प्रशासन कार्यालय तम्घास आए । प्रशासन कार्यालयबाट छिनमै नागरिकता बन्छ भन्ने खबर सुनेका मुखिया बुधबार घण्टौँ कुर्न बाध्य भए । त्यस्तै रेसुङ्गा नगरपालिका पराल्मीका टोपबहादुर दर्जी पनि घण्टौँसम्म प्रशासन कार्यालयको प्रतिक्षालयमा बसे । तर, दिउँसो २ बजेसम्म पनि उनको नागरिकता बनेन । मुखिया र दर्जी जस्ता थुप्रै सेवाग्राही प्रशासन कार्यालयमा लाइन लागेर उभिएका थिए । तर, कारोना महामारीको समयमा यसबाट बच्नका लागि उनीहरूले मुखमा मास्कबाहेकका कुनै उपायहरू पनि अपनाएनन् ।
भौतिक दूरी कायम गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राही कसैलाई पनि अनुरोध गरेन । गाउँबाट आउने सेवाग्राहीलाई भौतिक दूरी एक कथाजस्तै थियो । नागरिकता बनाउन लागेको भीडका कारण कोरोनाको संक्रमण गाउँ–गाउँमा पुग्नसक्ने भन्दै एक सेवाग्राहीले दुखेसो पोखे । नागरिकता बनाउन आएका बिपिन मुखियाले नागरिकता बनाउन जरुरी भएकोले कोरोनाको त्रास मनमा लिएर पनि भीडभाडमा उभिन बाध्य रहेको गुनासो पोखे ।
लामो समयको लकडाउनका कारण नागरिकता बनाउन नपाएका गुल्मीका नागरिकको प्रशासनमा भीड लागेको हो । लकडाउनपछि प्रशासन कार्यालयका कर्मचारीलाई सेवाग्राहीको काम गर्न भ्याइनभ्याइ छ । मंसिर महिनामा मात्रै जिल्ला प्रशासन कार्यालय गुल्मीबाट एक हजार एक सय ७२ जनाले नागरिकता लिएका छन् । जसमा छ सय ९६ जना पुरुष र चार सय ७६ जना महिला रहेका छन् । प्रशासन कार्यालयबाट पाँच सय १७ जनाले नागरिकताको प्रतिलिपी लिएका छन् ।
मंसिर महिनामै प्रशासन कार्यालयबाट ४३ जना नाबालक परिचय पत्र लिएका छन् । ९९ प्रतिलिपी सिफारिस र तीन सय ९१ जनाले साधारण सिफारिस लिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क शाखाले जानाकारी दिएको छ । प्रशासन कार्यालय गुल्मीका अनुसार कार्यालयबाट दुई सय ३७ जनाले राहादानी लिएका छन् । मंसिरमा कार्यालयबाट एक सय १७ जनाले जनजाति प्रमाणित गराएका छन् भने ८४ जनाले दलित प्रमाणित गराएका छन् । लामो समय कारोनाका कारण रोकिएका नागरिकता र कक्षा १२ को परीक्षा भर्खर सकिएकाले जिल्ला प्रशासन कार्यालयमा दैनिक नागरिकता लिनेको संख्या बढेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया