दोलखा ।
भीमेश्वर नगरपालिकाले आफ्नै स्रोतबाट रंगशाला निर्माण गर्न सुरु गरेको छ । सदरमुकाम चरीकोटमा निर्माण हुन लागेको रंगशालाको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शनिबार शिलान्यास गरेका छन् । उनले रङ्गशाला निर्माण सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धतासमेत जनाए ।
नगरपालिकाले प्रत्येक वर्ष चार करोड रूपैयाँ विनियोजन गर्नेगरी रंगशाला निर्माण सुरु गरेको हो । आयोजनालाई नगरपालिकाले गौरवको योजनाको रूपमा अघि बढाएको छ । एक सय १० मिटर लम्बाइ र ६५ मिटर चौडाइको टुँडिखेल विस्तारको काम भइरहेको भीमेश्वर नगरपालिका प्रमुख भरत केसीले बताए ।
टुँडिखेल निर्माणपछि राष्ट्रियस्तरका फुटबल खेलहरू नियमित गराउन सकिने भीमेश्वर नगरपालिकाले जनाएको छ । नगरपालिकाले गत आर्थिक वर्षको अन्तमा टुँडिखेल विस्तारका लागि ठेक्का आह्वान गरेको थियो । किराँतेश्वर–सिमपानी जेभीले २४ महिनामा पूरा गर्नेगरी २०७७ साउन २५ बाट सम्झौता गरी काम सुरु गरेको नगरपालिका प्रमुख कार्यकारी अधिकृत मानबहादुर खड्काले जानकारी दिए ।
दक्षिणतिरको ११० मिटर लम्बाइको जग खनेर भवन निर्माणको काम भइरहेको छ । पहिलो चरणमा दक्षिण र पूर्वतिरको दुईतले भवनसहितको अत्याधुनिक आरसीसी प्याराफिट निर्माण हुने इन्जिनियर सुरेश राउतले बताए । टुँडिखेल विस्तार तथा निर्माणका लागि २० करोड लागत अनुमान गरेको छ । पहिलो चरणमा १२ करोडमा काम सुरु भएको र २०७९ असारमा काम पूरा हुनेछ । यता रंगशाला शिलान्यासको क्रममा मन्त्री गुरुङले दोलखाको राष्ट्रिय गौरवका आयोजनाहरू समयमै पूरा गर्न निर्देशन दिँदै उत्तर–दक्षिण लोकमार्ग, तामाकोसी जलविद्युत् आयोजना, फिल्मसिटी, खरिढुंगा म्याग्नेसाइटसहितका ठूला आयोजनाहरू सम्पन्न गर्न मन्त्रीको हैसियतले सक्ने सबै पहल गर्ने प्रतिबद्धता जनाए ।
उत्तर–दक्षिण लोकमार्गअन्तर्गत लामाबगर–लप्ची सुरुङमार्गको ठेक्का यही वर्ष लाग्ने विस्वास उनले दिलाए । कठिन मानिएको लामाबगर–लप्ची खण्डको काम हुन नसक्दा उत्तर–दक्षिण लोकमार्ग निर्माण कार्यले गति लिन सकेको छैन । यो पटक माघ महिनाभित्रै ठेक्का प्रक्रिया अघि बढ्ने उनले बताए । त्यस्तै बहुप्रतिक्षित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम छिट्टै सम्पन्न भएर विद्युत् उत्पादन सुरु हुने पनि उनले बताए । यता फिल्म सिटी निर्माण र खरिढुंगा म्याग्नेसाइट उद्योग पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको जानकारी पनि उनले दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया