सुख्खा पहिरोले भुवाखोला जलविद्युत् आयोजनामा क्षति, स्थानीय अन्धकारमा
सोलुखुम्बु ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ को भुवाखोला लघु जलविद्युत् आयोजनाको पेनस्टक पाइप पहिरोले बगाएको छ । गत शुक्रबार बिहान ७ बजे गएको सुख्खा पहिरोले ८२ किलोवाट क्षमताको विद्युत्को छवटा पाइपमा ठूलो क्षति पु-याएको आयोजनाका म्यानेजर शान्तबाबु बराइलीले जानकारी दिए । म्यानेजर बराइलीले भने– ‘बिहान करिब ७ बजेको थियो, विद्युत्गृहभन्दा करिब ४० मिटर माथिबाट एक्कासी पहिरो खस्यो, सोही पहिरोले हाम्रा विद्युत्को छवटा पेनस्टक पाइप बगाउनुका साथै तितरबितर बनायो, जसबाट आयोजनालाई करिब ५० लाख रूपैयाँबराबरको क्षति भएको छ ।’
विद्युत् सेवा बन्द भएसँगै महाकुलुङ गाउँपालिका १ र २ का ११ सय २७ घर परिवार अन्धारमा रात कटाउन विवश भएका छन् । क्षतिग्रस्त विद्युत् पुन सुचारु गर्न करिब २ महिना लाग्ने आयोजनाले जनाएको छ । जसले गर्दा स्थानीयलाई मोबाइललगायत इलेक्ट्रोनिक सामान सञ्चालन गर्न समस्या भएको स्थानीय प्रमिसन कुलुङले बताए ।
विद्युत् आपूर्ति बन्द हुँदा महाकुलुङ क्षेत्रमा रेडियो, टेलिभिजनलगायतका सञ्चार सेवा समेत प्रभावित बनेको स्थानीयले बताएका छन् । विद्युत्कै माध्यमबाट आफूहरूले रेडियो सुन्ने र टेलिभिजन हेर्ने गरे पनि विद्युत् नहुँदा समस्या भएको स्थानीय प्रमिसन कुलुङले जानकारी दिए । भुवाखोला लघु जलविद्युत् आयोजना विस २०६८ सालमा तत्कालीन जिल्ला विकास समिति र वैकल्पिक ऊर्जा पवर्द्धन केन्द्रले निर्माण गरेको थियो । राष्ट्रिय प्रसारण लाइन नपुगेकाले सोलुखुम्बुका अधिकांश स्थानमा लघु जलविद्युत्बाट विद्युत् सेवा पु-याइएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया