Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोलुखुम्बुमा १३ जनाले भूकम्पको अनुदान रकम फिर्ता गरे

सोलुखुम्बुमा १३ जनाले भूकम्पको अनुदान रकम फिर्ता गरे


सोलुखुम्बु, पुस १८
२०७२ सालमा गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनबाट क्षति पुगेका भवन निर्माण गर्ने भन्दै लिइएको अनुदान रकम सोलुखुम्बुमा १३ जनाले फिर्ता गरेका छन् । पहिलो किस्ताको अनुदान रकम ५० हजार लिएर घर निर्माण गर्न नसकेका १३ जना लाभग्राहीले अनुदान रकम नै फिर्ता गरेको राष्ट्रिय पुनर्निर्माण प्रधिकरण जिल्ला आयोजना कार्यान्यन इकाइ सोलुखुम्बुले जनाएको छ ।

अनुदान रकम फिर्ता गर्नेहरूमा जिल्लाको लिखुपिके गाउँपालिका ९ गोलीका जाङ्बु शेर्पा, सोलुदुधकुण्ड नगरपालिका ११ का बलबहादुर कार्की, सोलुदुधकुण्ड नगरपालिका ६ का छिरिङ शेर्पा रहेका छन् । त्यसैगरी सोलुदुधकुण्ड नगरपालिका ५ का निमा तामाङ, पुटि शेर्पा, पासाङ लामा, फुर्वा शेर्पा, यति तामाङ, कान्छी शेर्पा, छिरिङ शेर्पा, डोमा शेर्पा निमाछिरी शेर्पा र जसधन राई रहेको प्राधिकरणले जनाएको छ ।

घर निर्माण गर्ने भनेर लिएको पैसाले घर निर्माण नभएको तथा बसाइ नै जिल्लाभन्दा बाहिर रहेकाहरूले रकम फिर्ता लिएको आयोजनाले जनाएको छ । आयोजनाले रकम लिएर घर नबनाउनेलाई रकम फिर्ता गर्न सूचना जारी गरेको छ । सोलुखुम्बुमा भूकम्पबाट १२ हजार ९० जना लाभग्राही रहेको भए पनि पहिलो किस्ताको सम्झौता गर्न ११ हजार पाँच सय ७२ जना आएको प्राधिकरणका निमित्त प्रमुख बुद्धिनारायण श्रेष्ठले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x