टेलिकमको ‘पाठशाला सीयूजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक र सञ्चालक समितिलाई पनि
काठमाडौं ।
नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला सीयूजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ । महामारीको अवस्थामा मुलुकभरका विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी नेपाल सरकारले लागू गरेको आकस्मिक शैक्षिक योजना २०७७ अन्तर्गत कम्पनीले पठनपाठनका लागि सहुलियत दरमा ‘पाठशाला सीयूजी सेवा’ वितरण गरिरहेको छ ।
यो अफरमा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक हुन्छ । पहिलेदेखि प्रयोगमा रहेका प्रिपेड सिमकार्डलाई पाठशाला सीयूजी सेवामा आबद्ध गर्न सकिन्छ । टेलिकमको प्रिपेड सिमकार्ड नहुने प्रयोगकर्ताहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिई सीयूजी सेवा उपयोग गर्न सक्नेछन् ।
यसअन्तर्गत कुनै एक सार्वजनिक विद्यालयसँग सम्बद्ध भई कम्पनीको संस्थागत प्रयोगकर्ता समूह (सीयूजी) मा आबद्ध हुन सेवाग्राहीलाई मासिक जम्मा ९९ रुपैयाँ मात्र (सरकारी कर र स्वामित्व करबाहेक) लाग्दछ । यसमा आबद्ध सेवाग्राहीले क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने भ्वाइस सेवा उपलब्ध हुनेछ । यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटमा रहेका शैक्षिक सामग्री प्रयोग गर्न ५ जीबी डाटा उपलब्ध भएकोमा यसलाई बढाएर ८ जीबी डाटा उपलब्ध गराइनेछ ।
त्यसैगरी समूहभित्र थप शुल्कविना बल्क एसएमएस पठाउन सकिने सुविधा यथावत् छ । साथै, कुनै पनि समयमा जुनसुकै प्रयोजनका लागि १ जीबी डाटा र समूहभित्र १ सयवटा एसएमएस पठाउन सकिने सुविधा थप गरिएको छ । विद्यालयले ‘पाठशाला सीयूजी सिम’मा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकको मोबाइल नम्बर र नामसहितको विवरण तोकिएको ढाँचामा तयार गर्नुपर्दछ ।
सो विवरण स्थानीय तहको सिफारिसका साथ नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गरी शुल्क भुक्तानी गर्नुपर्दछ । त्यसपश्चात् सो ग्रुपमा आबद्ध सबै मोबाइल नम्बरहरुमा एसएमएसमार्फत पाठशाला सीयूजी सेवाको जानकारी उपलब्ध हुन्छ । आकस्मिक शैक्षिक योजना २०७७ मा उल्लेखित प्रावधानबमोजिम सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुका लागि यस समूहमा आबद्ध हुन लाग्ने रकम स्थानीय निकायले व्यहोर्ने भएकाले योजनामा सामेल हुनुअघि स्थानीय निकायको सिफारिश लिनुपर्दछ ।
यसका अलावा सार्वजनिक विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी र सञ्चालक समितिका सदस्यहरुले चाहेमा आकस्मिक शैक्षिक योजना २०७७ वाहेक पनि विद्यालयको सिफारिसमा एकमुष्ट प्रति सदस्य ९९ रुपैयाँ मात्र (सरकारी कर र स्वामित्व करबाहेक) प्रति महिनाका दरले नेपाल टेलिकमको काउन्टरमा रकम भुक्तानी गरी पाठशाला सीयूजी सेवा प्राप्त गर्न सक्नेछन् । यसका लागि स्थानीय तहको सिफारिश आवश्यक पर्नेछैन । पाठशाला सीयूजी अफरको अवधि समाप्तिपश्चात् यो अफरका लागि प्राप्त मोबाइल साधारण प्रयोगकर्ता सरह नै निरन्तर प्रयोग गर्न सकिनेछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया