काठमाडौँ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजारस्थित सडक खण्डबाट आयुष थापामगर र बालाजुस्थित सडकखण्डबाट रोशन लामिछाने सवार गरिरहेको मोटरसाइकलसहित आइतबार पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
नयाँबजार सडकखण्डबाट जिल्ला धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ चैनपुर बस्ने वर्ष २२ को आयुष थापामगरलाई प्रदेश ३–०२–००८ प २६०७ नम्बरको कालो रातो रंगको २२० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नंम्बर लु ५२ प ७३३५ खुल्न आएको छ ।
उक्त नम्बरको मोटरसाइकल २०७६ भदौ ६ गते काठमाडौँ ठमेलस्थित भगवानबाहाल मन्दिरअगाडि पार्किङस्थलबाट हराएको हुँदा खोजतलास गरी पाऊँ भनी कुमार रानामगरले महाशाखामा निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाइएको महाशाखाले जनाएको छ ।
त्यस्तै, काठमाडौँ बालाजु सडकखण्डबाट दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ३ भीमफेदी घर भई हाल काठमाडौँ रानिवन बस्ने वर्ष २४ को रोशन लामिछानेलाई वाग्मती प्रदेश ०२–०१७ प ३४४७ नम्बरको कालो रातो रंगको २२० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको हो । उक्त नम्बरको मोटरसाइकल मिति २०७७ मंसिर १४ गते काठमाडौँ वनस्थलीबाट हराएकोले खोजतलास गरिपाऊँ भनी राम कृष्ण ढकालले हुलियासहितको निवेदन महाशाखामा दिएको थिए ।
उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाइएको महाशाखाले जनाएको छ । महाशाखाले पुस महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ११ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया