कंके देउरालीको संरक्षणमा स्थानीय सरकारको चासो
गुल्मी ।
गुल्मीको मदाने गाउँपालिकामा अवस्थित कंके देउरालीको संरक्षणमा स्थानीय सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा परिचित बन्दै आएको कंके देउरालीको विकासका लागि स्थानीय सरकारले यसलाई मुख्य केन्द्रबिन्दु बनाएर अगाडि बढेको हो ।
कंके देउरालीमा पुगेपछि अर्घाखाँची, प्युठान, पाल्पा, रोल्पा, बाग्लुङ र पर्वतलगायतका जिल्लाको अवलोकन गर्न सकिन्छ । यस क्षेत्रमा रहेको मन्दिरमा भाकल गरेमा सबै मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । त्यस क्षेत्रमा मदाने गाउँपालिकाका स्थानीयहरूले नयाँ बाली चढाई खाने, गाईको दुधले धार दिने गर्दछन् ।
कंके देउराली आठ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रमा घुम्न तथा प्राकृतिक आनन्द लिनको लागि गुल्मीलगायत आसपासका जिल्लाबाट आन्तारिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन् । कंके देउराली प्राकृतिकरूपमा मात्रै नभई धार्मिक र पर्यटकीय रूपमा प्रख्यात ठाउँ भएकाले यसको दिनप्रतिदिन महत्व बढ्दै गएको मदाने गाउँपालिका वडा नं ६ डढुवाका रेम्बो घर्तीले बताए । यस क्षेत्रमा विभिन्न प्रजातिका जडीबुटी तथा वनस्पिति पनि पाइने गर्दछन् ।
कंके देउराली क्षेत्रमा विशेषगरी सेतो बरुवा, टिमुर, बोझो, निमपत्ता, आकाशवेली, सुगन्ध कोकिललगायतका जडीबुटीहरू पाइने गर्दछन् । कंके देउरालीमा वनस्पतिको रूपमा लालीगुराँस, सेतो गुराँस, रक्तचन्दन, कटुस, धुपीसल्लालगायतका वनस्पतिहरू प्रशस्त पाइने गर्दछन् ।
कंके देउरालीमा आवाजजावात गर्न सडक, मन्दिर र आकर्षक सिँडी निर्माणलगायतका संरचना निर्माणको काम गाउँपालिकाले गरिरहेको छ । यस ठाउँमा भ्यू टावरको निर्माण गरेर देउरालीकोे चारैतिर प्रचारप्रसार गरी आन्तारिक तथा बाह्य पर्यटक भित्र्याएर एक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने तयारीमा रहेको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताइन् ।
गाउँपालिका उपाध्यक्ष खड्काका अनुसार धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित बन्दै आएको कंके देउरालीलाई गाउँपालिकाले दिगो विकास र संरक्षण गर्नसकेमा आम्दानीको मुख्य स्रोत कंके देउराली बन्नसक्ने उनको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया