नेपाल प्रलेट फरवार्डर्स एसोसिएसनको अध्यक्षमा मनोज अधिकारी
काठमाडौं ।
नेपाल प्रलेट फरवार्डर्स एसोसिएसनको अध्यक्षमा मनोज अधिकारी चयन भएका छन् । एसोसिएसनको आइतबार भएको २०औँ वार्षिक साधारणसभा एवम् कार्यकारिणी समितिको निर्वाचनले अधिकारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यस्तै एसोसिएसनको प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला, द्वितीय उपाध्यक्ष नरेश कुमार अग्रवाल, महासचिव अशोकमान कपाली, कोषध्यक्ष हरि प्रसाद ढकाल, सचिव ईश्वर बहादुर गुरुङ र सहकोषाध्यक्षमा सुजन कुमार न्यौपाने चयन भएका छन् । यस्तै एसोसिएसनको कार्यकारिणी समिति सदस्यहरुमा गंगाराम पुडासैनी, सीता अधिकारी, सहदेव बञ्जारा, गंगा बहादुर राय (गोपाल), सञ्जीव अर्याल, प्रनिलमान सिंह प्रधान तथा मनिषमान श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभाबाट विजयी पदाधिकारी एवं वस्तुगततर्फका कार्यकारिणी समिति सदस्यहरुलाई संघका निवर्तमान अध्यक्ष प्रकाश सिंह कार्कीले बधाई पत्रसहित सम्मान गरेका थिए । कार्यक्रममा एसोसिएसनले आर्थिक समस्याबाट ग्रसित दुई क्यान्सर पीडितहरुलाई जनही ३६ हजार रुपैयाँ र एक क्यान्सर पीडितलाई २० हजार रुपैयाँ सहयोग गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया