बोर्डद्वारा ४६ संस्थालाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति
काठमाडौं ।
४६ वटा संस्थाहरुले योग्य संस्थागत लगानीकर्ताहरुको रुपमा काम गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति लिन निवेदन पेश गर्न सूचना आह्वान गरेअनुरुप ६२ संस्थाहरुले निवेदन पेश गरेकोमा ४६ वटा संस्थाहरुलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति दिइएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मकरुपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रियरुपमा प्रचलनमा रहेको बुक बिल्डिङ विधि प्रारम्भिक सार्वजनिक निष्काशनमा लागू गर्न बोर्डले बुक बिल्डिङ निर्देशिका, २०७७ जारी गरिसकेको र वास्तविक क्षेत्रका केही कम्पनीहरुले यस विधिमार्फत धितोपत्रको सार्वजनिक निष्काशन गर्न तयारी समेत गरिरहेका छन् ।
सोही आधारमा बोर्डले इच्छुक संस्थाहरुलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति लिन निवेदन पेश गर्न सूचना आह्वान गरेको थियो । आह्वानपछि ६२ संस्थाहरुले निवेदन पेश गरेकामा ४६ वटालाई स्वीकृति दिइएको प्रवक्ता गिरीले बताए । उनले भने, ‘निवेदक संस्थाको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिकाबमोजिमको कागजात तथा विवरण पेश गरेका ४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताकोरुपमा कार्य गर्न बोर्डले स्वीकृति प्रदान गरेको हो ।’
बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीति लगायतका विवरणको अध्ययनको आधारमा सुसूचित तवरले धितोपत्रको आशय मूल्य पेश गरी प्रारम्भिक सार्वजनिक निष्काशनको मूल्य निर्धारणमा दक्ष तथा व्यावसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ । यसबाट वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने अपेक्षा गरेको जानकारी पनि बोर्डका प्रवक्ता गिरीले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया