नेपाल र कोरियाबीच द्विपक्षीय आर्थिक सम्बन्ध अभिवृद्धिबारे छलफल
काठमाडौं ।
नेपाल र कोरियाबीच द्विपक्षीय आर्थिक सम्बन्ध अभिवृद्धि गर्न नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ्ग–सुक र चेम्बर पदाधिकारीबीच छलफल भएको छ । नवनियक्त राजदूत पार्क चोङ्ग–सुक र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ तथा पदाधिकारीबीचको छलफलमा राजदूत सुकले आफ्नो कार्यकालमा नेपाल तथा कोरियाबीच द्विपक्षीय आर्थिक सम्बन्धलाई प्रवर्द्धन गर्न कोरिया व्यापार तथा लगानी प्रवर्द्धन एजेन्सी (कोट्रा) सँग चेम्बरको सहकार्यको लागि पहल गर्ने बताए ।
यस्तै उनले दुई मुलुकबीच सूचना आदानप्रदान गर्नेसम्बन्धी सहकार्यको लागि आफूले प्रयास गरेको जानकारी दिए । कोरियाबाट प्रशिक्षित कामदारहरु नेपाल फर्किने भएकोले उनीहरुले सिकेको ज्ञान तथा सीप नेपालको लागि उपयोगी हुने उनले बताए । साथै कोरियामा रोजगारीको लागि सरल सहज व्यवस्थाका लागि पहल गर्ने बताए ।
नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजदूत सुकको कार्यकालको सफलताको कामना गर्दै चेम्बरले आफ्नो सात दशकको लामो, गतिशील र सार्थक कार्य गरी व्यापार तथा लगानी विकासका लागि पैरवी गरिरहेको बताए । सन् २०१५ देखि चेम्बर एक्स्पो नियमित रुपमा गरिरहेको, दक्षिण कोरियासँग कूटनीतिक सम्बन्ध स्थापनापछि व्यापार, लगानी, पर्यटन प्रवर्द्धनमा उल्लेखनीय विकास भएको तर नेपालबाट दक्षिण कोरियासँग व्यापारघाटा प्रत्येक वर्ष बढ्दै गएको उनको
भनाइ थियो ।
दुवै देशबीचमा आर्थिक सम्बन्ध अभिवृद्धि गर्नको लागि नेपाल चेम्बर र कोरिया चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर, लगानी तथा पर्यटन प्रवर्द्धन, दक्षिण कोरियाको प्रविधि नेपालमा भित्र्याउने, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, सीप विकास र प्रशिक्षण, कृषि क्षेत्रको विकास, कोभिड १९ पछिको आपसी सहयोग आदि क्षेत्रहरुमा दक्षिण कोरियाबाट सहयोग, प्राविधिक सहायता आउने अपेक्षा एवं विश्वास अध्यक्ष श्रेष्ठले राखे । उतm स्वागत कार्यक्रममा नेपाल चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल उपाध्यक्षद्वय कमलेश कुमार अग्रवाल, दिपक कुमार मलहोत्रा एवं कार्य समितिका सदस्यको पनि सहभागिता थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया