चेम्बर र सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीबीच छलफल
काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्स तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीबीच सोमबार चेम्बर भवन जमलमा छलफल तथा भेटघाट भएको छ । उक्त अवसरमा चेम्वर अध्यक्ष राजेशकाजी श्रेष्ठले सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित कार्य समितिको सफलताको कामना गर्दै सुनचाँदी व्यवसायीहरुको समस्याहरुलाइ चेम्बरले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न तत्पर रहेको बताए ।
भेटमा सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिक रत्न शाक्यले महासंघ चेम्बरसँग लामो समयदेखि आबद्ध रहेर निजी क्षेत्रको व्यवसाय व्यापारको हकहित स्थापित गर्न अग्रसर रहेको बताउदै सुनचाँदी व्यवसायका विभिन्न समस्याहरु समाधानका लागि पहल गर्न आग्रह गरे ।
चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायको प्रवर्द्धन गर्न विभिन्न सुझावहरु पनि प्रस्तुत गरेका थिए । उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा उपाध्यक्ष कमलेश अग्रवालको पनि उपस्थिति रहेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सहकारी ठगी महारोगमा परिणत
- संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
- सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु
- पुँजीगत खर्च बढाउन आग्रह
- विराटनगर भन्सारले गर्यो पूर्णकृष्ण ट्रेडर्सको सबै कारोबार रोक्का
- निर्यात अनुदान कार्यविधि संशोधन हुँदै
- छायादेवी सेन्टरको जग्गा विवाद २४ गते टुुङ्गिँदै
- धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया