ज्येष्ठ नागरिक साक्षर कक्षालाई २० हजार डलरको युनेस्को पुरस्कार
काठमाडौं ।
युनेस्कोले ज्येष्ठ नागरिकलाई साक्षर बनाउने अभियानमा संलग्न एजिङ् नेपाल नामक संस्थाले किङ् सेजोङ् साक्षरता पुरस्कार प्राप्त गरेको छ । विश्वका दुई देशका संस्थाले पाएको सो पुरस्कारमध्ये नेपालको सो संस्थाले २० हजार अमेरिकी डलर राशीको पुरस्कार पाएको हो ।
सन् २०२० का लागि प्रदान गरिएको सो पुरस्कार बेलायतको वल्र्ड स्कुलले पनि पाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कृष्णगोपाल श्रेष्ठले एजिङ् नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ् मास्टर)लाई किङ् सेजोङ् युनेस्को पुरस्कार हस्तान्तरण हस्तान्तरण गरे । पुुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली संस्थाले यती ठुलो राशीको पुस्कार पाउनु गौरवको विषय भएको बताए । साथै उनले ज्येष्ठ नागरिकको शिक्षामा मन्त्रालयले थप योजना बनाएर अघि बढ्ने बताए ।
कार्यक्रममा युनेस्को नेपालका आवासीय प्रतिनिधि क्रिश्टेन मेनहार्टले साक्षरता उन्मुलन गर्न नेपालले गरेको योगदना महत्वपूर्ण रहेको चर्चा गर्दै यो पुरस्कारले नेपालको शान बढेको बताए । फरक प्रसंगमा उनले युनेस्कोले नेपालको शिक्षामा थप सहयोग गरी अघि बढ्ने बताए । कार्यक्रममा शिक्षा सचिव गोपीनाथ मैनालीले पुरस्कृत संस्थाले गरेको योगदानको प्रसंसा गर्दै सरकारले थप सहयोग गर्ने बताए । पुरस्कृत संस्थाका अध्यक्ष गौतमले संस्थाको टीमले गरेको अथक मिहिनेतको कारण विश्व चर्चित पुरस्कार पाउन सफल भएको बताए ।
संस्थाले लामो समयदेखि ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए । युनेस्कोले दिएको यो पुरस्कार ज्येष्ठ नागरिक शिक्षाको पहिलो पुरस्कार हो । युनेस्को मुख्यालयमा भौतिक उपस्थितिमै आयोजना हुनुपर्ने यो कार्यक्रम कोभिड–१९को कारण भर्चुअल रुपमा सम्पन्न भएको थियो । पुरस्कारका लागि विश्वभरिका ७६ संस्थाहरुको सिफारिस परेको थियो । कोरियाका चौथो राजा सेजोङको नाममा सो पुरस्कार स्थापित भएको हो । पुरस्कार सन् १९८९ मा स्थापना भएको हो ।
युनेस्को मुख्यालयले साक्षरताका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संस्थाहरुलाई वर्षेनी किङ् सेजोङ र कन्फ्युसियस पुरस्कार प्रदान गर्दै आएको छ । कार्यक्रमा युनेस्को नेपालमा उपमहासचिव डा. वावुराम अधिकारीले पुरस्कारको बारेमा जानकारी गराएका थिए ।
एजिङ् नेपाल नामक संस्थाले ज्येष्ठ नागरिक आधारभूत शिक्षा पाठ्यक्रम समेत तयार गरी ज्येष्ठ नागरिकलाई साक्षर बनाउँदै आएको छ । संस्थाले बूढानीकण्ठ, गोकर्णेश्वरलगायत स्थानमा अनौपचारिक शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले हालसम्म १ सय ८० जना महिलालाई साक्षर बनाइसकेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सहकारी ठगी महारोगमा परिणत
- संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
- सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु
- पुँजीगत खर्च बढाउन आग्रह
- विराटनगर भन्सारले गर्यो पूर्णकृष्ण ट्रेडर्सको सबै कारोबार रोक्का
- निर्यात अनुदान कार्यविधि संशोधन हुँदै
- छायादेवी सेन्टरको जग्गा विवाद २४ गते टुुङ्गिँदै
- धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया