काठमाडौं ।
एक महिनामा एक सयभन्दा बढी फर्म कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुचित व्यापारिक कारोबार गरेको भन्दै गत पुस महिनामा मात्रै एक सय नौ फर्मलाई कारबाहीस्वरुप जरिवाना गरेको हो । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा १३ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरिएको विभागका सूचना अधिकारी शिवराज सेढाईंले जानकारी दिए ।
उनका अनुसार एक महिनाको अवधिमा विभिन्न २८ विषयगत क्षेत्रका तीन सय ५१ फर्मको अनुगमन गरिएको थियो । तिनमा एक सय ६८ फर्मलाई तत्काल सुधार गर्न सामान्य निर्देशन दिइएको र एक लाख ३३ हजार रुपैयाँ बढीको म्याद सकिएका सामग्री नष्ट गरिएको विभागले जनाएको छ । यस्तै ६६ फर्मलाई स्पष्टीकरण सोधिएको तथा छ फर्मबाट नमूना संकलन गरिएको जनाइएको छ ।
एक महिनाको अवधिमा सबैभन्दा धेरै खाद्यान्न पसललाई कारबाही गरिएको सूचना अधिकारी सेढाईंले जानकारी दिए । उनका अनुसार एक सय छ खाद्यान्न पसलको अनुगमन गर्दा २७ फर्म अनुचित व्यापारिक कारोबारमा संलग्न भएको पाइएपछि कारबाही गर्दा ४४ लाख पाँच हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी अनुगमन गरिएका खाद्यान्न फर्ममध्ये ६२ फर्मलाई सामान्य निर्देशन दिइएको, ५४ हजारबराबरको म्याद सकिएका खाद्यान्न नष्ट गरिएको र १६ फर्मलाई स्पष्टीकरण सोधिएको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया