चोरीका २४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा
काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाले पीडित सहायता इकाइबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी धमाधम पक्राउ गर्न थालेको हो ।
दिनेश थापा मगर, नबिन गुरुङ, सुरज गिरी, विशाल राई, तिर्थप्रसाद भण्डारी, भरत थापा, अजय तुलाधर, शिवराम ढकाल, मन्दिप राई, ईश्वरी लामिछाने, सर्वज्ञ खड्का, विधान राई, शंकर परसाद बाह्रकोटी, जितामित्र सुनार, छिरिङ तामाङ, नारायणप्रसाद राजथला, नुर्बु शेर्पा, ममता थापा, केशरबहादुर थापा, श्यामकुमार विक, धालबहादुर कार्की, थानेश्वर पोखरेल, सुनिता प्याकुरेल र विक्रम महर्जनलाई हराएको मोटरसाइकल महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन् ।
जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साइरनलगायतका उपकरण जडान गर्न मोटरसाइकल चालकहरूलाई प्रमुख भट्टराईले सुझाव दिएका छन् । चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाइन सेवा लस्ट भेहिकल एप्लिकेसनमा लगइन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको पनि उनले बताए ।
ट्राफिक प्रहरी टोलीले उपत्यकाका सुर्खेत, पैयूटार, फनपार्क, इमाडोल, थापाथली, तिनकुने, पाटन, ढुंगेधारा, पुरानो बानेश्वर, सामाखुसी, ठमेल, टोखा, सुकेधारा, बसुन्धारा, दधिकोट भक्तपुर, कपन, बसुन्धारा, कोटेश्वर, धुम्बाराही, विशालनगर, सामाखुसी र कीर्तिपुरलगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी सोमबार सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । महाशाखाले यस आव ०७७/०७८ मा १९९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ३५ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया