बारामा एक दिने निःशुल्क स्वास्थ्यशिविर सञ्चालन
काठमाडौं ।
नेपाली सेनाले बारामा एकदिने निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ । नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आइतबार सेनाले बाराको सिम्रौनगढ नगरपालिका–५ उचिडी स्वास्थ्य चौकीको प्राङ्गणमा निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको हो । कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट वञ्चित र तराई क्षेत्रमा जारी अत्यधिक चिसोको समयमा आर्थिक विपन्नताको कारण औषधि उपचार गराउन नपाएका सर्वसाधारणहरुलाई ओपीडी, दन्त सेवा, ईसीजी, आँखा उपचार, ईएनटीलगायतका सेवाहरु तथा निःशुल्क औषधि वितरण गरिएको सेनाले जनाएको छ ।
उक्त स्वास्थ्यशिविरबाट दुई सय ७५ जना महिला, एक सय ८३ जना पुरुष र एक सय ३९ जना बालबालिका गरी पाँच सय ९७ जना सर्वसाधारणहरु लाभान्वित भएको नेपाली सेनाले जनाएको छ । उक्त शिविर मध्यपृतना हेडक्वार्टर तथा २८ नम्बर बाहिनी अड्डाको संयोजकत्वमा २८ नम्बर फिल्ड एम्बुलेन्स गुल्म, प्रतिविद्रोह तथा जंगल वारफेयर तालिम शिक्षालय र चन्दननाथ गणका स्वास्थ्यकर्मीहरुको टोलीले सञ्चालन गरेको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया