Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएकै दिन तीन योजनाको शिलान्यास

एकै दिन तीन योजनाको शिलान्यास


धनगढी ।
कैलालीको गोदावरी नगरपालिकामा एकै दिन तीनवटा योजनाहरुको शिलान्यास गरिएको छ । गोदावरी नगरपालिका वडा नं. ४ र ७ मा रहेका विभिन्न तीनवटा योजनाहरुको सोमबार शिलान्यास गरिएको हो । नगरपालिकाको वडा नं. ४ बास्कोटामा ५० लाखको लगानीमा निर्माण भइरहेको आधुनिक स्वास्थ्य भवन, सोही वडाको खैरानामा ३८ लाखमा निर्माण भइरहेको सरस्वती आधारभूत विद्यालयको भवन र वडा नं. ७ गौडीमा २० लाखको लगानीमा निर्माण भइरहेको चण्डेश्वरी आधारभूत विद्यालयको दुईकोठे भवनको शिलान्यास गरिएको नगरपालिकाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले छुट्याइएको बजेटमा निर्माण भइरहेका उक्त योजनाहरुको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले शिलान्यास गरेका हुन् । उनले वडा र नगरमा विकास निर्माणका योजनाहरु बढी मात्रामा समावेश गर्ने लक्ष्यअनुरुप आफू लागिरहेको बताए । चुनावका वाचा पूरा गर्न आफू तल्लीन रहेको भन्दै आफ्नो कार्यकाल अझै करिब दुई वर्ष भएकाले आगामी दिनहरुमा हालसम्म समावेश हुन नसकेका र स्थानीयलाई अति आवश्यक परेका योजनाहरु पहिलो प्राथमिकतामा पर्ने बताए ।

सरस्वती आधारभूत विद्यालयको नयाँ निर्माणाधीन भवनको शिलान्यास गर्ने क्रममा उनले विद्यालयको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयबाट चारकोठे भवनका लागि बजेट छुट्याइएको बताए । ‘कुनै पनि आधारभूत विद्यालयलाई चारकोठे भवन उपलब्ध गराउने मन्त्रालयको नीति छैन, माध्यमिक तहका विद्यालयहरुलाई मात्रै चारकोठे भवन हामीले उपलब्ध गराउने नीति बनाएका छौँ’, उनले भने, ‘तर मन्त्रालयको नीतिविपरीत मैले यो आधारभूत विद्यालयका लागि चारकोठे भवन उपलब्ध गराएको छु ।

विद्यालयको अवस्था नाजुक भएको र यहाँको भौतिक पूर्वाधारको अवस्था एकदमै नाजुक रहेकाले पनि यो सम्भव भएको हो ।’ यसैगरी अन्य योजनाहरु शिलान्यासका क्रममा बोल्दै उनले वडामा भइरहेका विकास निर्माणका कार्यहरुमा स्थानीयस्तरबाट खबरदारी गर्न सके वडाको विकासमा तीव्रता बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया