Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनिर्वाचनको तयारीका लागि आयोग र भक्तपुरका सुरक्षा निकायबीच छलफल

निर्वाचनको तयारीका लागि आयोग र भक्तपुरका सुरक्षा निकायबीच छलफल


काठमाडौं ।
निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीका लागि भक्तपुर जिल्लाका सुरक्षा निकायहरूसँग छलफल गरेको छ । वैशाख १७ र २७ गते हुने निर्वाचनको तयारीका सम्बन्धमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र भक्तपुर जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलगायत सुरक्षा निकायका प्रमुखहरू र जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर कुँवरसहितको बैठक आइतबार भक्तपुरमा सम्पन्न भएको हो ।

उक्त बैठकमा जिल्ला समन्वय समितिका प्रमुखले जिल्लाको राजनीतिक वातावरण सम्बन्धमा र जिल्ला कार्यक्रम तथा अनुगमन समिति एवं जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक प्रमुख जिल्ला अधिकारीले मतदाता नामावली अद्यावधिक (दाबी/विरोध समेत) कार्यक्रम तथा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको प्रगतिका बारेमा जानकारी दिएका थिए । बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता नामावली अद्यावधिक गरी त्रुटिरहित बनाउन र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्दा कार्यविधिले तोकेबमोजिमका आधारमा उपयुक्त र पायक पर्ने स्थानमा कायम गर्न निर्देशन दिएका थिए ।

आगामी निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रमा नै स्थापना गर्ने र आचार संहिता अनुगमनसम्बन्धी समिति स्थानीय तहस्तरमा समेत गठन गर्नेगरी तयारी गरिरहेको उनले बताए । निर्वाचनसम्बन्धी तयारी कार्यहरूमा कुनै कमीकमजोरी हुन नदिनेतर्फ सजग र सचेत रही निर्वाचनका गतिविधिहरूमा भक्तपुर जिल्लालाई नमूना जिल्ला बनाउनेतर्फ पहल गर्न समेत उनले निर्देशन दिएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया