दोलखा ।
दोलखाको उच्च क्षेत्रमा रहेका ठाउँहरूमा हिमपात हुन सुरु भएको छ । दोलखाको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक, शैलुङ, खरिढुङगा, चेर्दुङ, बाघखोर बजारलगायतका क्षेत्रहरूमा शुक्रबारदेखि हिमपात हुन सुरु भएको हो । लामो समयसम्म पानी नपरेको कारण यसवर्ष हिमपात भएको थिएन । यसवर्ष पहिलो पटक शुक्रबार दिउँसोदेखि जिल्लाको उच्च भेगमा हिउँ पर्न थालेको हो । कालिञ्चोक कुरीका स्थानीय होटल व्यवसायी नवराज तामाङले हिउँ पर्न थालेपछि कालिञ्चोकमा हिउँ खेल्ने पर्यटकहरू पनि भित्रिन थालेको बताए । हिमपात भएसँगै चिसो बढेको कारण यस क्षेत्रको जनजीवन पनि कष्टकर बनेको छ ।
हिमपातले होटल व्यवसायी उत्साहित : दोलखाको उच्च क्षेत्रमा शुक्रबार दिउँसोदेखि निरन्तर हिमपात भइरहेको छ । लामो समयको अन्तरपछि हिमपात हुँदा आन्तरिक पर्यटकको चहलपहल बढ्ने भएकोले यहाँका होटल व्यवसायीहरू उत्साहित देखिएका छन् । पर्यटक प्रमुख रोजाइमा रहेको कालिञ्चोकमा गत वर्ष मंसिरमै हिउँ पर्ने गथ्र्याे तर यस वर्ष माघको अन्तिम कट्दासमेत हिमपात नहुँदा कुरीका होटल व्यवसायी निराश बनेका थिए ।
शुक्रबारदेखि हिमपात हुन् थालेपछि सो क्षेत्र तथा तल्लो भेगका होटल व्यवसायी समेत पर्यटकको आगमनले व्यवसाय बढ्ने आसमा रहेका छन् । शुक्रबारदेखि झरिरहेको हिउँले शनिबार कालिञ्चोक भरिभराउ देखिएको छ । हिमपात हुनेबित्तिकै पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिउँ खेल्न आउने आन्तरिक पर्यटकको चहलपहल बाक्लो हुनेगरेको स्थानीयले जानकारी दिएका छन् । लामो समयदेखि कुरी बजारमा होटल व्यवसाय गर्दै आएका नवराज तामाङका अनुसार शुक्रबारभन्दा शनिबार बाक्लो हिमपात भएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया