Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहासंघ र उद्योग विभागका महानिर्देशकबीच छलफल

महासंघ र उद्योग विभागका महानिर्देशकबीच छलफल


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति भरतराज आचार्यको नेतृत्वको टोलीले उद्योग विभागका महानिर्देशक जीवलाल भुसालसँग भेट गरी उद्योग क्षेत्रमा आपसी सहकार्यका विषयमा छलफल गरेको छ । भेटमा सभापति आचार्यले महासंघको उद्योग समितिका कार्य क्षेत्र एवं समितिका आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए ।

महासंघले कोभिड प्रभावित उद्योगहरूलाई पुनरुत्थान र पुनः सञ्चालनका लागि नीतिगत एवं कार्यगत संंरक्षणको आवश्यकता परेकाले त्यसको कार्यान्वयनका लागि सहजीकरण गरिनुपर्ने, उद्योगको लागि आवश्यक जग्गा प्राप्तिलाई सहज गरिनुपर्ने, एकल विन्दु सेवाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, स्वदेशी उद्योगको संरक्षण गर्न सार्वजनिक खरिद नियमावलीको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने, उद्योगका लागि आवश्यक पूर्वाधारहरूको सरल र भरपर्दो व्यवस्था हुनुपर्ने, जनशक्ति विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन र सहयोग गर्नुपर्ने, औद्योगिक व्यवसाय ऐन कार्यान्वयन गर्ने सम्बन्धमा देखापरेका व्यावहारिक एवं संस्थागत कठिनाइहरूबारे उद्योग विभाग र महासंघबीच कार्यदल गठन गरी सुझाव संकलन गर्ने तथा उद्योग क्षेत्रको संख्यात्मक एवं गुणात्मक अध्ययन गर्न आवश्यक रहेकाले त्यसका लागि आपसी सहकार्य गर्नेलगायतका विषयमा विभागलाई सुझाव दिएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया