पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि पेम्बा र ग्याल्जेनको जोडिलाई
सोलुखुम्बु ।
खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि पेम्बा शेर्पा र ग्याल्जे शेर्पाको जोडिले हात पारेका छन् । सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा सम्पन्न प्रतियोगिताको फाइनलमा अर्जुन श्रेष्ठ र बिपिन खालिङ राईको जोडीलाई पराजित गर्दै नेपाने युवा क्लवमा आबद्ध पेम्बा र ग्याल्जेको जोडीले उपाधि जितेको हो ।
उपाधि सहित उनीहरूले नगद २० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका हुन् । दोश्रो स्थान प्राप्त गर्ने अर्जुन र विपिनको जोडीलाई १५ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै तेश्रो स्थान प्राप्त गर्न सफल रघु खनाल र छिरिङ तामाङको जोडी र अर्जुन मगर र दावा शेर्पाको जोडीलाई १० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा ३० टिमको सहभागिता रहेको थियो । पेम्बा प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत घोषित हुन सफल भए । शुक्रबार शुरु भएको प्रतियोगिताका विजेतालाई सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले पुरस्कार वितरण गरेका थिए । बित्तिय कर्मचारी मञ्चको आयोजनामा भएको प्रतियोगितालाई आयोजकले सोलुखुम्बुको सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता भएको बताएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया