Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘दिगो शान्ति निमार्णमा प्रयत्नशील छौं’

‘दिगो शान्ति निमार्णमा प्रयत्नशील छौं’


काठमाडौं, पुस २४
सुरक्षित समाज र दिगो शान्ति निमार्ण गर्न, अपराधको प्रकृति र त्यसको नियन्त्रणको लागि स्थानीय नागरिकहरूले दिएको सुझाव अनुसार काठमाडौँ उपत्यकामा सुरक्षा योजना लागू गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुर, सामुदायिक प्रहरी सेवा केन्द्र, कीर्तिपुर र ट्याङ्लाफाटको सहकार्यमा बुधबार कीर्तिपुर नगरपालिकाको कृष्ण क्याटरिङ कीर्तिपुरमा आयोजना गरेको ‘सुरक्षा सुदृढीकरण तथा अपराध नियन्त्रणको लागि स्थानीय सरोकारवालाहरूसँग छलफल एंव अन्तरक्रिया’ कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिँदै उनले समुदाय प्रहरी साझेदारी कार्यक्रमले विकास र सुरक्षामा चासो राख्ने आम नागरिकलाई एकै थलोमा उभ्याउन सफल भएको बताए । सार्वजनिक कार्यक्रममा उठेका जिज्ञासाहरूले भावि रणनीति तय गर्न सहज हुने भएकाले आफूले सोहीअनुसार स्थानीयहरूको सल्लाह सुझावलाई समेट्दै, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापनलगायत शान्तिसुरक्षासँग सम्बन्धित योजनाहरू लागू गर्ने बताए ।

सुरक्षा निकाय र नागरिकले हातेमालो गर्दै अगाडि बढेमा नेपाल सरकारले हाल सुरक्षामा गरिरहेको लगानी घटन जाने र त्यो लगानी विकास निर्माण कार्यमा लगाउन सकिने विश्वास व्यक्त गरे । आफ्ना आफ्नतबाट नै धेरै घटनाहरू घटेको स्मरण गराउँदै सुरक्षित समाज निर्माणको लागि सबैको सहयोग र सहकार्यको आवश्यकता पर्ने बताए । प्रहरी समुदाय साझेदारी कार्यक्रममार्फत नागरिकहरूसँग अझ नजिक हुने हुनाले कुनै घटनाको जानकारी तुरून्तै प्रहरीलाई दिन उनले आग्रह गरे । कार्यक्रमामा कीर्तिपुर नगरपालिकाका मेयर रमेशकुमार महर्जनले सुरक्षित समाज निर्माणको लागि नागरिक स्वयम् सचेत भएमा मात्र सम्भव हुने बताउँदै नगरपालिकाको तर्फबाट सुरक्षाको लागि बजेट छुट्याएको जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x