Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालरहस्यमय बनेको आठ वर्षअघिको त्यो दुर्घटना !

रहस्यमय बनेको आठ वर्षअघिको त्यो दुर्घटना !


विराटनगर ।
राजस्व अनुसन्धान विभागबाट आफ्नो ३३ महिने कार्यप्रगति विवरण सार्वजनिक गर्दै केही दिन अगाडि महानिर्देशक दीर्घराज मैनाली अर्थ मन्त्रालयमा सरुवा भएका छन् । उनले ३३ महिनाको अवधिमा धेरै प्रगति गरेको कार्यप्रगति विवरण सार्वजनिक गरे । तर उनै मैनालीको करिब आठ वर्षअगाडि विराटनगरमा भएको सवारी दुर्घटनाको घटना भने अहिलेसम्म रहस्यमय छ ।

मैनाली आन्तरिक राजस्व कार्यालय विराटनगरमा भएको बेलामा बहुचर्चित सवारी दुर्घटना मोरको बाँसबारी चोकमा रहेको हुलास वायर इण्डिष्ट्रिज अगाडि भएको थियो । सो दुर्घटनामा एक व्यक्तिको घटनास्थमा नै मृत्यु समेत भएको थियो । सार्वजनिक बिदाका दिन सवारी पास समेतको प्रयोग नगरी उक्त गाडी झापा जिल्लाको यात्रा पूरा गरी विराटनगर प्रवेश गर्ने क्रममा राति करिब १० बजेको समयमा दुर्घट्नाग्रस्त बन्न पुगेको थियो ।

उक्त गाडीमा आन्तरिक राजस्व कार्यालय विराटनगरका तत्कालीन कार्यालय प्रमुख दीर्घराज मैनाली, अधिकृत किसोर ढकाल र अर्का एक जना जसको घटनास्थमा मृत्यु नै भएको थियो । यो त्रासदीपूर्ण सवारी दुर्घटनाले अहिले पनि आन्तरिक राजस्व कार्यालय विराटनगरलाई बेला–बेलामा झकझकाउने पक्कै पनि गरेको छ । त्यसबेला विराटनगर भन्सारमा भन्सार प्रमुखको जिम्मेवारीमा रहेका विनोद कुँवर र आन्तरिक राजस्व कार्यालय विराटनगरको अधिकृतमा कार्यरत किसोर ढकाल र ऋषिराम पोखरेलले राजस्व छलीमा गर्नमा महत्वपूर्ण भूमिका खेलेको तर्क अहिले गर्न थालिएको छ ।

आर्थिक सुशासन कायम गर्न राजस्व चुहावट नियन्त्रण एवं विदेशी विनिमय अपचलन नियन्त्रण कसुरमा अनुसन्धान तथा अभियोजन गर्ने प्रमुख जिम्मेवारी राजस्व अनुसन्धान विभागले सफलता पुर्वक सम्पन्न गरेको दाबी गर्ने मैनालीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगर प्रमुख भएको बेला भएको सवारी दुर्घटनाको घटना पक्कै पनि स्मरणीय रहेको छ ।

मैनालीले राजस्व अनुसन्धान विभागबाट बाहिरिँदै गर्दा आफूले ३३ महिनाको अवधिमा राजस्व चुहावटतर्फ दुई सय २० मुद्दामा सात सय ८० प्रतिवादी बनाई ३६ अर्ब ६१ करोडको छली गरेको आरोपमा अदालतमा मुद्दा चलाएको, विदेशी विनिमय अपचलनतर्फ चार सय ४० लाई प्रतिवादी बनाई १० अर्ब ७२ करोड बिगो कायम गर्दै मुद्दा दायर गरिएको दाबी छ । तर करिब आठ वर्षअगाडि आन्तरिक राजस्व कार्यालयमा कार्यालय प्रमुखको जिम्मेवारीमा हुँदा उनीबाट भएका कार्यगत प्रगतिका बारेमा अहिलेसम्म सार्वजानिक गरिएको छैन ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया