मौद्रिक नीतिलाई उद्योगी तथा व्यवसायीले भरपुर सहयोग गरेको गभर्नर अधिकारीको दाबी
विराटनगर ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिलाई निजी क्षेत्रले आत्मासात् गरिदिएको हुँदा महामारीलगत्तै आर्थिक क्षेत्रमा सुधार आएको बताएका छन् । उद्योग संगठन मोरङको ४८औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले कोभिड १९ पछि आपसी सहयोगको कारण चाँडै आर्थिक सुधार आएको बताए ।
उनले कोभिड १९ महामारीको कारण निम्तिएको लकडाउनको समयमा कसरी ऋण तिर्ने, कसरी किस्ता बुझाउने भन्दै आत्महत्या गर्ने भन्नेसम्मका एसएमएस आउने गरेको पनि उनले बताएका छन् । ‘भएको सबै सम्पत्ति बैंकमा छ । म त आत्महत्या पो गर्नु पर्छ कि क्या हो’ भन्नेसम्मका एसएमएस आफूलाई आएको उनले बताए ।
महामारीको अवस्थामा मौद्रिक नीति बनाउन निकै चुनौती रहेको अवस्थामा पनि निजी क्षेत्रले सहयोग गरेको गभर्नर अधिकारीले बताए । नीति बनाउन मात्र नभएर त्यसको कार्यान्वयनमा पनि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । निजी क्षेत्रले प्रसंशा गरेको मौद्रिक नीतिलाई कार्यान्वयनमा सहयोग गरेर प्रभावकारी बनाइदिएको पनि उनले बताए । मौद्रिक नीतिले व्यवसायीलाई थप कर्जा १० देखि २० प्रतिशत र एडिसनल समेत दिएको कारणले व्यवसायीलाई व्यवसाय अगाडि बढाउन सहयोग पुगेको उनको भनाइ थियो । सरकारले गर्न सक्नेसम्मको सबै सहयोग गरेको तथा निजी क्षेत्रले पनि त्यसको भरपुर प्रयोग गरेर त्यसलाई सफल बनाइदिएको उनले दाबी गरे ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार एवं उद्योगी मोति दुगडले भने सरकारले उद्योगीलाई प्रोत्साहित गर्ने भने पनि सरकारी निकायमा त्यस्तो व्यवहार पाउन नसकेको गुनासो गरे । उनले उद्योगी, व्यापारीलाई अझै पनि दुई नम्बरी, चोर र फटाहको रूपमा हेर्ने सरकारी दृष्टि रहेको बताए । उनले सबैभन्दा बढी देशको समृद्धिमा सहयोग गर्ने क्षेत्रलाई सम्मान गरिनुपर्नेमा अहिलेसम्म त्यसो हुन नसेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड १९ पछि नेपालको अर्थतन्त्रमा धेरै सुधार आएको बताए । उनले केही क्षेत्रबाहेक अधिकांश क्षेत्र अर्थिकरूपमा तङ्ग्रिसकेको बताए ।
कोभिडपछि निजी क्षेत्रको आर्थिक गतिविधिमा सुधार आउनुमा नेपाल राष्ट्र बैंकले लिएको मौद्रिक नीति भएको उनले दाबी गरे । साथै उनले देशको समृद्धिको लागि भिजन पेपर बनाएर सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने तयारी भइरहेको जानकारी समेत गराए । त्यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोहर, नेपाल चेम्बर अफ कमर्सका राजेन्द्र मल्ल, विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले कार्यक्रममा सम्बोधन गरेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया