काठमाडौं ।
पछिल्लो समयमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढेपछि नेपालका तराईका जिल्लामा त्रास फैलिएको छ । भारतमा कोरोना फैलिन थालेपछि त्यहाँ रहेका नेपालीहरु धमाधम नेपाल प्रवेश गर्न थालेका छन् । यसले सबैतिर कोरोनाको त्रास बढाएको छ । मंगलबार देशभर थप एक सय ८८ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ३२ जनाको पीसीआर परीक्षण गरिएकामा एक सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार एक सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै कोरोना निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ९६ पुगेको छ । निको हुने दर ९८ दशमलव ५ प्रतिशत रहेको छ । गत २४ घण्टामा कोरोना मृत्युदर शून्य रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १९ पुगेको छ । अहिले देशभर एक हजार एक सय २८ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ४८ जना संस्थागत क्वारेन्टाइनमा रहेका छन् । हालसम्म नेपालमा २२ लाख ४५ हजार ३० को पीसीआर परीक्षण भएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया