पर्यटन श्रमिकको पारिश्रमिक र ज्याला ४० प्रतिशतले वृद्धि गर्न माग
काठमाडौं ।
पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्न पर्यटन श्रमिकहरूले माग गरेका छन् । पर्यटन क्षेत्रको श्रमिक नेपाल ट्रेकिङ, ट्राभल्स, ¥याफ्टिङ, एयरलाइन्स, संस्कृति, पुरातात्विक, कार्गाे, कुरियर श्रमिक युनियन (युनिट्राभ) को एक प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई ज्याला तथा पारिश्रमिक वृद्धि लगायतका १७ बुँदे माग राखी ज्ञापनपत्र बुझाएको छ ।
कोरोना महामारीपछि अस्तव्यस्त बनेको पर्यटन क्षेत्रमा श्रमिकको उत्थानलाई जोड दिँदै युनिट्राभले मंगलबार ज्ञापनपत्र बुझाएको हो । पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधार र श्रमिकको जीवनरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएको युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए । सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचीकृत गर्नुपर्ने, पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्नुपर्ने, कानुन नमान्ने कम्पनीलाई कारबाही गरिनुपर्ने, पर्यटक आफूखुसी पदमार्गमा जाने एफआईटी टिम्स बन्द गर्नुपर्ने युनिट्राभको माग छ ।
यस्तै युनिट्राभले माउन्टेन गाइडको तलब निर्धारण र स्वदेशी विदेशी गाइडबीचको विभेदको अन्त्य, हेलिकप्टर रेस्क्युमा हुने विभेदको अन्त्य, विमानस्थलमा आउटसोर्सिङ कम्पनीबाट कर्मचारी लिने व्यवस्थाको अन्त्य गर्नुपर्ने माग गरेको छ । युनिट्राभले पर्यटक कुन देशको हो र बीमा रकम कति छ भन्ने आधारमा नभई समय, अवस्था र स्थानलाई मध्यनजर गर्दै आपत्कालीन अवस्थामा छिटोभन्दा छिटो पर्यटक र श्रमिकलाई हेलिकोप्टरबाट रेस्क्यु गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ । नेचर गाइड र सफारी श्रमिकको कार्य व्यवस्थित पार्नुपर्ने, कोभिडबाट प्रभावित श्रमिकको जीवनरक्षाका लागि राहत र विना धितो सहुलियपूर्ण ऋणको व्यवस्था, महिला पथप्रदर्शकमाथि हुने विभेदको अन्त्य, पदमार्ग क्षेत्रमा रहेका सिण्डिकेटको अन्त्य लगायतका विषय युनिट्राभले उठाएको छ ।
यसैगरी युनिट्राभले विकासका नाममा बजेट सिध्याउन पदमार्गमा डोजर चलाउने र प्रकृतिमाथि दोहन गर्ने कार्यको अन्त्य गर्न भनेको छ । मागपत्रका विषयमा पर्यटनमन्त्री ढकालले आफू सकारात्मक रहेको भन्दै अध्ययन गरेर पर्यटन क्षेत्रको विकासका मागका सम्बन्धमा सकारात्मक रहेको बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया