काठमाडौं ।
खानेपानीमन्त्री मणिचन्द्र थापाले नेपालको कुल जनसंख्यामध्ये ९० प्रतिशतको खानेपानीमा पहुँच पुगेको दाबी गरेका छन् । साथै ९९ प्रतिशत जनसंख्याको आधारभूत सरसफाइ सुविधामा पहुँच रहेको उनको दाबी छ ।
राष्ट्रसंघीय महासभाका अध्यक्षले आयोजना गरेको सन् २०३० कार्यसूचीको खानेपानीसम्बन्धी लक्ष्यहरूको कार्यान्वयनसम्बन्धमा उच्चस्तरीय बैठकलाई अप्रत्यक्षरूपमा सम्बोधन गर्दै उनले नेपाली जनतामा सन् २०३० सम्ममा सुरक्षित, पर्याप्त र सुलभ खानेपानी तथा सरसफाइ सेवाहरूमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले सम्बन्धित कार्यक्रमहरू कार्यान्वयन भइरहेका बताए ।
नेपालले स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचलाई आधारभूत सेवाका रूपमा प्राथमिकीकरण गरेको, खानेपानी तथा सरसफाइसम्बन्धी लक्ष्य तथा सूचकहरूलाई आवधिक योजना, दिगो विकास लक्ष्यको मार्गचित्र तथा क्षेत्रगत विकास योजनामा एकीकृत गरेको उनको भनाइ थियो ।
नेपालका उच्च हिमाल पानीका उच्च शिखरका रूपमा रहेका तथा तिनले पर्यावरणीय प्रणालीलाई संरक्षण गरेका बताउँदै त्यसबाट निःसृत नदीहरू प्रवाहित हुँदा बनेका जल–सञ्जाल र जलीय प्रणालीले दक्षिण एसियामा बस्ने एक अर्ब ५० करोड मानिसलाई जोडेको उनले बताए ।
अग्ला हिमालको क्षयीकरण तथा पानीको सतहमा आएको गिरावटले सबैलाई चिन्तित तुल्याएको बताउँदै उनले हिमालहरूको जैविक विविधता तथा समुद्र सतहमा भएको वृद्धिसँग जैविक सम्बन्ध रोकिनुपर्नेमा जोड दिए । साथै उनले हिमाल द्रुत गतिमा पग्लने तथा समुद्र सतह त्यही गतिमा बढ्दो समस्याको तत्काल सम्बोधन गर्न विश्वव्यापी सक्रियताका लागि आह्वान समेत गरे । खानेपानीसम्बन्धी लक्ष्य तथा सूचकहरू गुणस्तरीय स्वास्थ्य, गरिवी निवारण, नवीकरणीय ऊर्जा, शिक्षामा समान पहुँच, लैङ्गिक समानता र मानव अधिकारका लागि महत्वपूर्ण आधारशिला रहेको उनको भनाइ थियो ।
विश्वमा दुुई अर्ब २० करोड जनसंख्या सुरक्षित खानेपानीको पहुँचबाट तथा चार अर्ब २० करोड मानिस आधारभूत सरसफाइबाट वञ्चित रहेका बताउँदै मन्त्री थापाले भने, ‘खानेपानी तथा सरसफाइसम्बन्धी कठिनाइहरूलाई जलवायु परिवर्तन तथा कोभिड–१९ को प्रभावले थप विकराल बनाएको छ जसको प्रभाव गरिब तथा जोखिमयुक्त मुलुकहरूमा बढी छ ।’ बैठकमा छ मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुख, ५८ देशका मन्त्रीसहित ८६ जनाले भाग लिएका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया