‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गरिने
काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल चेम्बरका तर्फबाट पर्यटन समितिका सभापति अर्जुनप्रसाद शर्मा तथा क्लबका क्याप्टेन राजेन्द्रमान शेरचनले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार चेम्बरको ७०औँ वार्षिकोत्सवको अवसरमा चैत २० र २१ गते ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’को पहिलो संस्करण आयोजना गरिनेछ । यसपछि पाँच वर्षसम्म हरेक वर्ष गल्फ प्रतियोगिता आयोजना गर्ने समझदारीपत्रमा उल्लेख छ ।
अहिले कर्पोरेट क्षेत्रलाई लक्ष्य गरी आयोजना गरिने गल्फ प्रतियोगितालाई भविष्यमा मुलुकको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको बनाइने चेम्बरका कार्यसमिति सदस्य एवं पर्यटन सभापति अर्जुनप्रसाद शर्माले जानकारी दिए । ‘यसखालका प्रतियोगिताले कोभिड १९ पछि खस्किएको पर्यटन उद्योगलाई प्रबर्द्धन गर्न सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा छ’, शर्माले भने ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया