दोलखा ।
लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुका २५ दलित घरपरिवारले अब सहजरुपमा खानेपानी उपभोग गर्न पाउनेभएका छन् । उनीहरुको घर–घरमा गाउँपालिकाले खानेपानीका धारा निर्माण गरिदिएको छ । गाउँपालिका अध्यक्ष छवि लामाले उक्त घरपरिवारलाई धारा हस्तान्तरण गरेका छन् । मुहान टाढा हुँदा खानेपानीको समस्या झेल्दै आएका उनीहरु घर–घरमा पानी आउन थालेपछि दङ्ग परेका छन् ।
वडा नम्बर ६ नाम्दुको सिरवानी गाउँमा खानेपानीको पहुँच पु-याउन गाउँपालिका र एक सामाजिक संस्थाले चासो दिएको थियो । खानेपानी योजना गाउँमा लैजान वडाको तीन लाख अनुदान, गाउँपालिकाको एक लाख ५० हजार र सगुन सोसियल अर्गनाइजेसन नेपाल नामक संस्थाको करिब दुई लाख ५० हजार आर्थिक सहयोगमा खानेपानी विस्तार गरिएको वडाध्यक्ष सम्शेर घिसिङले जानकारी दिए ।
खानेपानी सञ्चयको लागि १३ हजार घनमिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ । बस्तीमा सगुन सोसियल अर्गनाइजेसनले २५ वटा धारा निर्माण गरिदिएको संस्थाका अध्यक्ष झलक तामाङले बताए । स्थानीय हरि नेपालीले आँगनमै खानेपानीको धारा ल्याइदिएर गाउँपालिका र सहयोगी संस्थाले उदाहरणीय कार्य गरेको बताए ।
घन्टौँ लाइन बसेर पानी ल्याउनुपर्ने बाध्यताको ढिलै भए पनि अन्त्य भएको उनले बताए । खानेपानी पहुँच घरआँगनमै आइपुगेकाले अब प्रयोग भएर फालिएको पानीले करेसाबारीमा तरकारी लगाएर हरियाली बनाउने र दुई/चार पैसा आम्दानी गर्ने सोचमा आफूरहेको उनले बताए । त्यसैगरी सोही वडाका विष्णु नेपालीले गाउँमा पानी नहँुदा पशुचौपायलाई दिन र सरसफाइ गर्न निकै समस्या रहँदै आएको र अब सो समस्याको समाधानसँगै गाउँ पनि सफा हुने बताए । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया