विराटनगर ।
साझा प्रकाशनका संस्थापक महाप्रबन्धक तथा पत्रकार ध्रुव प्रसाद अज्र्यालको यही वैशाख २८ गते निधन भएको छ । उनले लामो समय मोफसलमा रही विराटनगरबाट निस्किने जनजीवन साप्ताहिक र पञ्चशील दैनिकका सम्पादक एवं प्रकाश भई पत्रिका प्रकाशन गरेका थिए । विविध विषयमा कलम चलाउन रुचाउने अज्र्यालका ‘नेपालमा सहकारिता’ भन्ने पुस्तक समेत प्रकाशित भइसकेको छ ।
आदि महाकवि उदयानन्द अज्र्यालका वंशज उनले आदि महाकवि उदयानन्द अज्र्यालको जीवनी लेखी प्रकाशोन्मुख छ । यसैगरी आर्यदेखि अर्यालसम्म, मोरङको नालीबेली, पिताजी कृष्ण प्रसाद कोइरालाको जीवनी, पूर्वप्रम मातृका प्रसाद कोइरालाको जीवन, अज्र्याल वंशावलीलगायत पुस्तकहरु प्रकाशोन्मुख छन् ।
वि.सं. २०१८ देखि एक दशकसम्म राष्ट्रिय दैनिक गोरखापत्रका नियमित आर्थिक लेखक रहेका उनी साझा संस्थाका चिफ रिसर्च अफिसर तथा साझा प्रकाशनका प्रथम महाप्रबन्धक रहेका थिए । २०४६ को राजनैतिक परिवर्तनपश्चात् मातृका प्रसाद कोइराला र कीर्तिनिधि विष्टद्वारा गठित राष्ट्रिय राजनैतिक पार्टी ‘राष्ट्रिय जनता परिषद्’का केन्द्रीय सदस्य रहेका थिए । वि.सं. १९९३ श्रावणमा जन्मिएका अज्र्याल पूर्वप्रम मातृका प्रसाद कोइरालाका छोरीज्वाइँ हुन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया